22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

मेयरकप रनिङ्ग शिल्डको तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २२, २०७६  

कोहलपुुर ।  कोहलपुरमा हुने तेस्रो संस्करणको मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिता तयारीको लागि विभिन्न समिति गठन गरिएको छ । आगामी माघ ३ गतेदेखी ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीका लागि उप समितिहरु गठन गरिएको हो । सोमबार बसेको बैठकले कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा तेस्रो मेयर कप रनिङ्ग शिल्ड २०७६ को मुल समारोह समिति समेत गठन भएको
छ ।

कार्यपालिका सदस्य समेत रहेकी नारायणी वलीको अध्यक्षतामा बसेको सामाजिक समितिको बैठकले प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका लागि वलीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको थियो । बैठकले १ दर्जन बढी उपसमितिहरु समेत गठन गरेको संयोजक वलीले जानकारी दिईन् । मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा टिकाराम रेग्मी, उद्घोषण उपसमितिको संयोजक विनोद भट्टराई, अभिलेख उपसमितिको संयोजकमा हेम कुमार रावत र पुरस्कार व्यवस्थापन उपसमितिको संयोजकमा दुर्गा प्रसाद बास्तोलालाई चयन गरिएको छ ।

यस्तै प्रचार–प्रसार तथा सञ्चार उपसमितिको संयोजकमा शिव प्रसाद डाँगी, स्वयम् सेवक परिचालन उपसमितिमा गणेश बहादुर वली, प्राथमिक उपचार उपसमितिको संयोजकमा गिर बहादुर गुरुङ र अतिथि सत्कार तथा ब्याच वितरण उपसमितिको संयोजकमा नारायणी पौडेल रहेका छन् । खेल प्राविधिक उपसमितिको संयोजकमा चन्द्र बहादुर गुरुङ, खेल सञ्चालन निर्देशिका तथा स्मारिका लेखन उपसमितिको संयोजकमा जय प्रकाश शाह, साँस्कृतिक उपसमितिको संयोजकमा कृष्णा कुमारी थापा, पिटी प्रर्दशन उपसमितिको संयोजकमा महेश थापा रहेको संयोजक वलीले बताईन् ।

खानपान जलपान उपसमितिको संयोजकमा दल बहादुर कार्की, फूलमाला व्यवस्थापन उपसमितिको संयोजकमा गिता सुनारलाई छनौट गरिएको छ । साथै फिल्ड मार्सलको संयोजकमा एकदेव पन्थी र सह–संयोजकमा नवकिरण शाह रहेका छन् । बैठकले तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड तथा १२ औं नगरस्तरिय राष्ट्रपति कप रनिङ्ग शिल्ड खेलकुद छनौट प्रतियोगिता संचालन तथा व्यवस्थापन कार्यविधि अनुमोदन गरेको छ । प्रतियोगितामा १४ वटा खेल समावेश रहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, पुस २२, २०७६     7:38:25 AM  |