बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकाले जनताको घरदैलोमा स्वच्छ खानेपानी पु¥याउने योजना अगाडि सारेको छ । सोही योजना अन्तर्गत नगरपालिकाले अहिले विभिन्न वडाहरुमा खानेपानीका ट्याङकी निर्माण कार्यलाई तिव्रता दिइरहेको छ । घर–घरमा स्वच्छ खानेपानी पु¥याउने प्रदेश ५ सरकारको लक्ष्य अनुसार बाँसगढीमा नगरपालिकाले काम अगाडि बढाएको हो । आगामी तीन वर्षभित्र प्रत्येक नागरिकका घरमा स्वच्छ खानेपानी पु¥याउने प्रदेश सरकारले लक्ष्य राखेको छ ।
अहिले नगरपालिकाका वडा नम्बर ६ को दमौली र ८ बेलौलीमा खानेपानी ट्याङकी निर्माण सुरु गरिएको छ । नगर प्रमुख शालिकराम अधिकारीले प्रत्येक घर घरमा स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ अहिले काम धमाधम भइरहेको बताए ।
‘अहिले विभिन्न वडाहरुमा खानेपानी ट्याङ्की निर्माणका कामहरु भइरहेका छन्’ उनले भने, ‘केही वर्षभित्र नै सबै नगरबासीको घरमा स्वच्छ खानेपानी पु¥याउनेछौं ।’ वडा नम्बर १ को चेपाङ्ग, २ को राँझा, ४ को अस्नेरी, ७ को डेउढा र ९ को माछागढमा पहिलेबाट नै खानेपानी आयोजना निर्माणको क्रममा रहेका छन् । नगर भित्र निर्माण भइरहेका खानेपानी आयोजनामा प्रदेश सरकारको साथै नगरपालिकाले समेत केही लगानी गरेको छ ।
प्रत्येक वडामा खानेपानी आयोजना निर्माण गर्ने योजना अनुसार प्रदेश सरकारलाई अनुरोध गरि विभिन्न वडाहरुमा खानेपानी आयोजना निर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । ‘समग्र बाँसगढी नगरबासीहरुलाई स्वच्छ खानेपानी पु¥याउने हाम्रो छ’ उनले भने, ‘सोही लक्ष्य अनुसार खानेपानी आयोजना निर्माण कार्यलाई तिव्रताका साथ अगाडी बढाएका छौं ।’
प्रतिक्रिया दिनुहोस्