27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

बर्दियाबाट १७ केजी चरेससहित २ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १, २०७६  

बर्दिया । पछिल्लो समय बर्दियाबाट भारतका विभिन्न शहरमा चरेस आपूर्ति हुन थालेपछि बर्दिया प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले मंगलबार बिहान बर्दिया जिल्लाको फुटाहाबाट १७ केजी चरेस सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनिका ईन्चार्ज प्रहरी नायव निरिक्षक धनबहादुर केसीको नेतृत्वमा गएको टोलीले फुटाहा स्थित भारतीय सीमा क्षेत्र बलैगाउ जाने बाटोबाट मंगलबार २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा जिल्ला रोल्पा नगरपालिकाका २३ बर्षीय सजिन बिक र २४ बर्षीय निर्मला बुढा मगर रहेका छन् ।

बर्दिया जिल्लाको गुलरियाबाट पनि यस अघि ५८ केजी चरेससहित ५ जना पक्राउ परेको थियो । साथै केही दिन अघि मात्र पनि प्रहरीले ११ केजी चरेस पनि पक्राउ गरेको थियो ।

प्रकाशित मितिः मङ्लबार, पुस १, २०७६     5:40:00 PM  |