कोहलपुर ।
कोहलपुरमा बालबालिका र बृद्धबृद्धालाई योगको महत्वको विषयमा प्रशिक्षण गराईएको छ । योगले मानव स्वास्थ्यमा पार्ने प्रभावका विषयमा मंगलबार प्रशिक्षण गराईएको हो । विश्व जागरण अभियानका अभियान्ता स्वामी आनन्द विनोदले प्रशिक्षण तथा प्रवचन दिएका हुन् ।
उनी कार्तिक २४ गते देखि कोहलपुरमा निरन्तर विभिन्न कार्यक्रममा सहभागि भईरहेका छन् । सो क्रममा उनले विद्यार्थी, यूवा, साधक र बृद्धबृद्धाहरुलाई योग, अध्यात्म, तनाव व्यवस्थापन, लागुऔषध दुव्र्यसन बारे प्रशिक्षण र प्रवचन दिईएका हुन् । प्रवचनको क्रमममा स्वामी आनन्द विनोदले मानव जीवनको लागि योग अपरिहार्य भएको बताए ।
उनका अनुसार स्वस्थ जीवनयापनको लागि हरेक मानिसले योग गर्नुपर्छ । यस्तै बृद्ध अवस्थामा शरिर, निस्कृय हुने भएकोले आफ्नो शरिरको अवस्था अनुसार योग आवश्यक हुने उनको भनाई छ । ‘जीवन रुपान्तरणको लागि योग नभई नहुने तत्व हो’ उनले भने, ‘अझ बालबालिका र बृद्धबृद्धाका लागि झन् अत्यावश्यक रहेको छ ।’ उनले वर्तमान समाज डिप्रेसनयुक्त रहेको समेत बताएका छन् । सुविधा भोगी, अस्वस्थ जीवन शैली, प्रविधिको बढ्दो प्रयोग, बेरोजगारीका कारण डिप्रेसन बढ्दो क्रममा रहेको स्वामी विनोदको भनाई छ । प्रशिक्षणमा सहभागि १३ वर्षका अनुपम रावलले आफुले सफल जीवन बनाउन आवश्यक पर्ने तत्वका बारेमा जानकारी पाएको बताए ।
स्वस्थ रहन आफू भन्दा ठूलालाई आदर गर्ने विषयमा जान्ने मौका पाएको उनले बताए । यस अघि साधकहरुको सँगको सत्संग कार्यक्रममा सहभागि भएका कोहलपुर नगरपालिका ६, का ५५ वर्षीय भिमलाल कँडेलका अनुसार आफुले बुढेसकालमा जीवन व्यवस्थापनका बारेमा जानकारी लिईएको छ । प्रशिक्षणमा ५० जना बढि बालबालिका र बृद्धबृद्धाहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्