19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मनमोहक कुपिण्डे दह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १२, २०७६  

नियात्रा

डिल्ली शाही ।

२०७६ जेष्ठ ११ गते बिहान ६ः४५ बजे कोहलपुरको चौराहाबाट हाम्रो यात्रा सुरु भयो । बागेश्वरी बुहुमुखी क्याम्पस, बागेश्वरी एकेडेमीका विद्यार्थी र ज्ञान ज्योति माध्यमिक विद्यालयका शिक्षक मिलेर अगाडि बढ्यौं । साथीहरु दायाँ, बाँया, पछाडि, आगाडि सबै मिलेर बस्यौं । तस्बिर खिच्ने भनेर म अगाडि बसेको थिएँ । सबैले मोबाइलबाट सेल्फी लिँदै थिए । बसन्त श्रेष्ठ, बालिराज शाही, चन्द्र खड्का र म आगाडि क्याविनमा बसेका थियौं । गोविन्द राज श्रेष्ठ, टिकाराम आचार्य, तिलक बुढाथोकी रुपामाया चौधरी, देवी लम्साल सरस्वती बराल भने सिट नंं १,२, ५, ९, १०, ६ मा बस्नुभएको थियो । पार्वती पाण्डे, जानकी खत्री, छविलाल विश्वकर्मा, रमिता चौधरी, दुर्गा वली, सपना नेपाली, नाजुमा खातुन, दिपेन्द्र चौधरी, मिना थापा, रुमा मगर, प्रर्मिला लगायतका साथिहरु रमाउँदै अगाडि बढ्यौं ।

चिसापानी गाडी इन्ट्री ग¥यौं । ७ बजेर ३३ मिनेटमा बबईमा पुग्यौं । त्यहाँ प्रमिला जैसी अर्थात मेरो सालीलाई पिकअप ग¥यौं । गाडीमा लगाएको गीतका धुनमा मस्त नाँच्दै, गाउँदै, रमाउँदै छिन्चु ८ः४५ मा पुग्यौ । त्यहाँ पनि गाडी इन्ट्र ग¥यौं । हामी अगाडि बढ्यौं । पहाडको उकालो ओरालो भिर पाखा देख्ने वित्तिकै नरमाउँने मान्छे त कमै छन् होला । छिन्चुदेखि चार किलोमिटर अगाडिबाट पहाडको विचबाट सलल.. बगेको भेरी नदीको सफा सुन्दर पानीको फोहोरा देख्दा मलाई आनन्द महसुस भइरहेको थियो । तराईमा गएका सबै साथीहरु भेरी नदी बगेको देख्न बित्तिकै मोबाइल निकाल्न थाले । फोटा खिच्न थाले । गर्मीमा खेलेको तराई ठाउँमा बस्न त कसको मन छ र तर अझै नेपालका कुना कन्दरामा सेवा सुविधा पाएका छैनन् । सेवा सुविधाको कारणले बसाईसराई गरी तराईमा आएका लाखौं छन् । भेरी नदीको किनारै किनार बालुवासंग्रही पग्यौं । त्यहाँबाट कुपिण्डे जानको लागि गाडी जान्छन् कि जादैनन् भनी स्थानीयलाई सोध्यौं । हैन..‘जान्छन् राम्रो छ बाटो आ.व.को बजेटले कुपिण्डेसम्मको बाटो ग्राभिलिङ्ग गरेको छ । नेपाल सरकारले एकदम राम्रो काम गरेको छ ।” गाडी ड्राइभरले फेरि सोधे, ‘आमा ठूलो बस जान्छकी नाई ?’ ‘आमा .. जान्छ बाबु .. ठुलै बस जान्छ ।’ चालकले गाडी अगाडि बढाए । अब हामी हिड्नु नपर्ने भयो । ‘अहिले विकासले तिव्र गति लिएको रहेछ राम्रो लाग्यो ।’ श्रेष्ठ सर भन्दै हुनुहुन्थ्यो । हो सर मलाई पनि त्यस्तैै लागेको छ । ‘यहाँबाट हिड्ने भए कति समय लाग्थ्यो होला है ?’ चन्द्र खड्काले ‘हैन धेरै लाग्दैन म पहिला पनि गएको छु, दुई तीन घण्टा लाग्छ ।’ यति भन्दै थिए गाडी अगाडि बढ्यो ।

डेढ किलोमिटर अगाडि बढेका थियौं । एक्कासी उकालोमा गाडी पछाडि आयो । म झसङ्ग भएँ । ‘के भो गुरुजी ?’ ड्राइभर ‘केही होइन उकालोमा गेयर खाएन..सबै ओर्लिनुपर्छ ।’ सबै ओर्लियांै तर त्यही मौका पारेर ड्राइभरले गाडीले निकै अगाडि बढाए । बलिराज शाहीले ‘हैन कस्ले गाडी अगाडि पठायो ?’ प्रश्न गरे । आचार्य सरले भन्नुभयो ‘तराईमा चलाएको ड्राइभरले पहाडको उकालो ओरालो चलाउन सक्दैनन्, त्यही भएर पहाडमा चलाएका ड्राइभरको आवश्यकता पर्दछ ।’ चन्द्र खड्का ‘हैन हिड्रे जाने अब ४५ मिनेटमा पुगिन्छ ।’ गप्नु भयो । पावर्ती ‘ए.. हो र त्यसो भए लौ त हिड्डौ ।’ भनिन् । कुपिण्डे दह आउने र जानेको बस, जिप, मोटरसाइकलहरु लस्कर लागेका
थिए । बाटो पनि राम्रौ थियो । घडीले मध्यान्हको १२ः३० बजेको संकेत गर्दै थियो । उकालो हिड्दै पसिना पुच्दै कुपिण्डे दह जानको लागि बनाइएको गेटमा पुग्यौं । गाडी पनि त्यही स्थानमा रोकेको रहेछ । सबै रिसाए जस्तो गरे । बलिराज शाहीले ‘किन तपाईले अगाडि ल्याउनुभएको ? बाटो त राम्रौ छ त । हामीलाई चर्को घाममा हिडाउनुभयो ।’ भन्नु भयो । चर्को गर्मी झन् बढ्दै थियोे । सबै भोकले रन्थनिदै थिए ।

‘ल त जे भयो भयो, जाऔं । अब भोक पनि असाध्यै लाग्यो । छिटो जाउँ पकाए खाऔला, साझाँ फर्किन ढिलो हुन्छ, मैले साझाँ पत्रिकाको काम गर्नुपर्दछ ।’ भनें । बलिराज भने, ‘होइन आज राती १ बजे पुगे पनि पुगौंला ।’ ‘किन आजको पत्रिकाको लागि अरु हुनुहुदैन ?’ ‘सबैलाई कहाँ आउँछ त ?’ मुस्कुराउँदै भने । अन्य साथीहरु पनि के कम ‘सबै ढिला जाने हो । डिल्लीलाई मात्र पठाई दिउँलानी ।’ भन्दै थिए । पार्वती पाण्डे ‘होइन डिल्ली तिम्रो जागिर पनि रहेछ, एउटा… एउटा गीतको याद आयो भन्दै ‘नगरी काम पुग्दैन खाना साझाँ र बिहान’ भन्दै कविता भनिन् ।

हामी अगाडि बढ्यौं । करिब १ बजे तिर कुपिण्डे दहमा पुग्यौं । गाडीबाट सबै छिटोछिटो झ¥यौं । गाडीबाट झर्न साथ टिकाराम आचार्य, तिलब बुढाथोकी र म तीन जना दह तिर लाग्यौं । गर्मीले पोलेको शरीर के मान्थ्यौ र हतारहतारमा कपडा खोल्यौ दहको चिसो पानीमा चुर्लुम्म डिब्यौं । तर त्यहाँ एउटा नियम लगाएका रहेछन् । साबुन, स्याम्पु तथा फिज आउने अन्य कुनै पनि बस्तु प्रयोग गर्न पाइदो रहेनछ । पौडि खेल्न कसैलाई पनि आउँदैन थियो । दाङबाट आएका अन्य तीन जना पनि थिए । त्यहाँ १८ वटा भन्दा बढी ढुङ्गाहरु थिए । कुपिण्डे दहले वर्षमा तीन पटक (वर्षा, हिउँद र गर्मी महिनामा) पानीको रङ्ग बदल्ने रहेछ । पटक पटक कुपिण्डे दह आउन मन लाग्यो । त्यहाँकोे वरिपरि हरियाली बन जङ्गल छ तर कहीकतै दहमा फोहोर दिखिएन् । फेरि हामी तिनै जना आफ्नो खाना पकाउन तयारी गर्दै गरेको स्थान तर्फ प्रस्तान ग¥यौं । घडीमा करिब २ बज्न थालेको थियो । सबै मिलेर खानेकुराको तयारी गर्दै थिए । त कोही भने कुपिण्डे ताल र सुन्दर हरियाली पाखासँग सेल्फी लिदै थिए । कोही चट्पटे बनाउँदै थिए । चराचुरुङ्गी पनि चिरविर गर्दै थिए । वातावरण निकै रमाइलो थियो । हामी पनि कुपिण्डे दहको छेउमा पुग्यांै र सेल्फी लियौं । चट्पटे बाडीचुडी खायौं । भोकले होला चट्पटे एकदम मिठो थियो ।

त्यहाँका स्थानीयका अनुसार कुपिण्डे दह ३४ मिटर गहिरो रहेको तथ्य हालै सार्वजनिक गरिएको छ । दह २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कुपिण्डे दहको लम्बाइ आठ सय ३४ मिटर र चौडाइ पाँच सय ३८ मिटर रहेको छ । कुपिण्डे दह समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ । यो सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरी गाउँकोको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिदो रहेछ । दहको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोट लगायत देश विदेशबाट पनि मानिसहरु अनउँदा रहेछन् । ग्रामिण धार्मिक तथा प्राकृतिक पर्यटकीय दृष्टिकोणले महत्व राख्दै आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धान भने हुन नसकेको बताए । हरियाली, सुन्दरबस्ती, सल्यानी संस्कृतिको जनजीवनले सम्मोहित कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्नु अनौठो थियो । सुन्दर थियो थियो तर व्यवस्थित थिएन । शौचालयको व्यवस्था भएको हामीले भेटेनौं । स्थानीयले आर्थिक विकासको लागि ढुङ्गा चढेको मात्र शुल्क लिने रहेछन् अन्य सबै निःशुल्क रहेछ ।

हाम्रो खाना तयार हुँदै थियो । खाना नबन्दासम्म टिकाराम सरले एउटा नियम ल्याउनु भयो । सबै चकित भए । ‘के होला सर ?’ भन्दै कराउन लागे । ‘खाना पाकुन्जेलसम्म हामीले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने ।’ प्रत्येक नाम बोलाउँदै चिट्टा तान्ेन थालियो । चिट्टामा नाच्ने, गाउने, जोक भन्ने, गजल, शायरी भन्ने आदि लेखिएको थियो । मेरो पालो १० औं पटकमा आयो । चिट्टामा ‘नाच्ने’ लेखिएको थियो । म नाच्चें । सबैको पालो सकियो । खाना पनि तयार भयो । हामी सबैले खाना खायौं ।

समयले कहाँ पर्खिन्छ र ? करिब ५ः३० भइसकेछ । कुपिण्डे दहको वरपरको वातावरण उत्तरतिर देखिने हिमश्रृङ्खला वरपर हरियाली जगंल र बीचमा नीलो आकाश झैँ दक्षिणतिर फैलिएको सुन्दर मनै लोभ्याउने दृश्य भएको कुपिण्डे दह थियो । दहमाढुङ्गा चलाउने माझीहरु पनि आ—आफ्नो ढुङ्गा बाँधेर घरतिर लागेछन् । ३÷४ वटा ढुङ्गा मात्र त्यहाँ थिए । एउटा ढुङ्गामा नेपालको झण्डा राखिएको थियो । नेपालको चन्द्र र सुर्य राखिएको झण्डा कुपिण्डेदहमा फरफराउँदा नेपालको विश्वमा शिर उच्च भएको महशुस भयो । टिकाराम सर गाउँदै हुनुन्थ्यौं ‘हामी कहाँ रहौंला नेपाललै नरहे’ । हामी आठ जना एउटा ढुङ्गामा चढ्यौं । मन सिरिङ्ग गर्दै थियो । विस्तारै कुपिण्डे दहमा तैरिन सुरु ग¥यौं । त्यहाँ साली र भेनाका दुई वटा टिम बनाएर अन्ताक्षरी सुरु ग¥यौं । गोविन्दराज श्रेष्ठ अलि पछाडि हुुनुहुन्थ्यौ भने हामी अगाडि थियौं । मैले ढुङ्गा चलाउने मौका पाएँ । पहिले पनि ढुङ्गा चलाएको थिएँ । त्यही गा¥हो भएन । चिसो हावामा सररर तैरिंदै थियौं । नेपाली चलचित्र ‘पुरानो ढुङ्गा’ को याद आयो । ‘देखिदैन किनारा तर ढुङ्गा चलाउँ माझी, ल हरी ल हरी लहहरु सपना सजाउँ माझी, कहिले वार कहिले पार माझी’ ढुङ्गा चलाउँदा पसिनाले लुथ्रुक्कै भिजाएको थियो । करिब ३० मिनेट पछि दहको बाहिर आयौं । सामुहिक तस्बिर खिच्यौं । अन्य केही साथीहरु ढुङ्गामा चढ्न जादै थिए । रुपामाया चौधरी, सरस्वती बराल पार्वती पाण्डे, जानकी खत्री, छविलाल विश्वकर्मा, रमिता चौधरी, दुर्गा वली, सपना नेपाली, नाजुमा खातुन, दिपेन्द्र चौधरी, मिना थापा, रुमा मगर, लगायतका साथीहरुलाई धाजी पीपल डाँडामा आउने भनी केही सरहरु सहित साथीहरु पनि बाटो लाग्यौं । बस पनि धाजी पीपलडाडामा राकिएको थियो । घडीले साँझको ६ः४५ बजेको संकेत गर्दै थियो । हामी घर र्फितीको लागि बसमा चढ्यौं । बाटोमा नाँच्दै, गाउँदै, उर्फिदै राति करिब १२ बजे कोहलपुरमा आइपुग्यौं ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १२, २०७६     11:50:04 AM  |