19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

नगर प्रमुख मार्फत मन्त्रीलाई ज्ञापनपत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

बाँसगढी, बर्दिया ।

बर्दियाको बाँसगढी नगर वन महासंघद्धारा नगरपालिका मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारी मार्फत मन्त्री पण्डितलाई ज्ञापन पत्र बुझाईएको हो । देशभरका सामुदायिक वनरुलाई लगाईएको तेहेरो कर विरोधमा मन्त्रीलाई ज्ञापन बुझाईएको नगर वन महासंघका सचिव लक्ष्मी शाहीले बताईन् ।

उनका अनुसार सामुदायिक वनले तेहेरो कर हटाउन माग राख्दै नगर महासंघले व्यापारिक प्रायोजनका लागि समूह बाहिर बिक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कका रूपमा ‘सघीय विभाज्य कोषमा’ जम्मा हुने व्यवस्था गर्न माग गरेको छ । उक्त रकम तीनै तहका सरकार बीच बाँडफाँटको व्यवस्था गर्नुपर्नेमा महासंघको माग रहेको उनको भनाई छ ।

हाल सम्म सामुदायिक वनले आफ्नो सम्पुर्ण आम्दानीको २५ प्रतिशत वन बिकास, ३५ प्रतिशत गरिब बिपन्न वर्गको जिविकोपार्जन र ४० प्रतिशत सामाजिक बिकासमा खर्च गर्दै आएको छ । ज्ञापन पत्र बुझदै बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले ज्ञापन पत्र बुझ्दै संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा पु¥याइने प्रतिबद्धता व्यक्त
गरे ।

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     8:34:56 AM  |