रावन बिश्वकर्मा ।
बर्दियाको बाँसगढी नगरपालिका १ मा पर्ने बबई चेपाङ बजारको अनुगमन गरिएको छ । शनिबार बाँसगढी नगरपालिकाका नगर उपप्रमुख सुष्मा चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बबई चेपाङ बजारमा रहेका होटेल, किराना पसल र मासु पसलहरुको अनुगमन गरेको हो ।
नगरपालिकाको सबैभन्दा दुर्गम वडा रहेको बजारमा पहिलो पटक नगरपालिकाले बिभिन्न पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा पसलहरुले नेपालमा प्रतिबन्धित सामानहरु भारतबाट ल्याएको पाइएको नगर उपप्रमुख चौधरीले जानकारी दिइन् ।
बजारमा भारतिय सिमा नाकाबाट अबैध रुपमा ल्याईएका सामानहरु बिक्रि बितरण भईरहेको पाईएकाले अस्थाई प्रहरी पोष्ट चेपाङ्गलाई झोले व्यापारीहरुको निगरानी राख्न निर्देशन दिइएको थियो । बबईमा पहिलो पटक अनुगमन गरिएकाले दर्ता नभएका पसल तथा गर्न, सरसफाईमा ध्यान दिन, मुल्य सुचि राख्न र नेपाली उत्पादित सामानहरु बिक्रि वितरण गर्न सुझाव दिईएको छ । अनुगमनको क्रममा केही होटेल तथा किराना पसलहरुबाट म्याद गुज्रिएका पिय पदार्थ पनि बरामद गरिएको थियो ।
अनुगमन टोलीमा नगर उपप्रमुख चौधरी, ईलाका प्रशासन कार्यालय बाँसगढीका नायव सुब्बा मोहन प्रसाद लम्साल, वडा नम्बर १ का अध्यक्ष जयराज पाण्डे, पशु सेवा शाखा बाँसगढीका प्रमुख डा. प्रेम प्रसाद मण्डल, बाँसगढी नगरपालिकाका भगवानभक्त अर्याल, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रतिनिधी, बाँसगढी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बद्री बराल लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्