बर्दिया बहुमुखी क्याम्पसको अध्यक्षमा ढकाल



रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।

बर्दियाको बाँसगढी क्षेत्रमा रहेका क्याम्पसले गुणस्तरिय शिक्षालाई जोड दिनु पर्ने सहभागिहरुले बताएका छन् । बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणपुरको शुक्रबार भएको चौथो सभामा बोल्ने अधिकांस वक्ताहरुले क्याम्पसलाई समय, आवश्यकता र माग अनुसार परिवर्तन लैजानुपर्नेमा बताएका थिए । क्याम्पसमा संख्यात्मक र भौतिक संरचनालाई मात्रै जोड नदिई गुणस्तरिय शिक्षा प्रदान र विद्यार्थी आकर्षित गर्ने कुरामा ध्यान दिन जरुरी रहेको उनीहरुले बताए । सहभागी वक्ताहरुले शिक्षकहरु शैक्षिक गुणस्तर तर्फ उन्मुख सँगै क्याम्पस प्रति उतरदायी हुन आवश्यक रहेको बताएका थिए । बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले अहिलेको आवश्यकताका बिषयबस्तुलाई ध्यान दिएर क्याम्पस सञ्चालन गर्न सके क्याम्पस सुरक्षित हुने बताए ।

क्याम्पस प्रदेश र संघिय सरकारको मातहतमा रहे पनि बाँसगढी क्षेत्रमा सञ्चालित क्याम्पस संकटमा पर्ने अवस्था आए स्थानिय सरकार बचाउन तयार रहेको उनले प्रतिबद्धता जनाए । त्यस्तै नगरपालिकाका सामाजिक विकास समिति संयोजक तुल प्रसाद गौतमले गुणस्तरिय शिक्षाको खाँचो औल्याउँदै विद्यार्थीहरुलाई बाँसगढी क्षेत्र मै रोक्ने गरी क्याम्पस सञ्चालनमा ध्यान दिनुपर्ने बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्याम ढकालको अध्यक्षतामा भएको क्याम्पस सभामा संविधान सभा सदस्य निर्मल प्रकाश सुवेदी, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य, नेकपाका सुन्दर ढकाल, नेपाली काँग्रेसका गोबिन्द रेग्मी, राप्रपा संयुक्तका सुर्य बहादुर सिंह, नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष नारायण प्रसाद शर्मा, अखिल नेपाल शिक्षक संगठन बर्दियाका अध्यक्ष बलराम भुजेल, बाँसगढी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी प्रसाद रिजाल, बर्दिया बहुमुखी क्याम्पसका स्ववियु सभापति सागर पौडेल लगायतले बोलेका थिए ।

सभामा क्याम्पस प्रमुख टुकनाथ भुषालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखा समिति सदस्य भेषराज गैरेले गरेका थिए । यसैबिच क्याम्पस सभाबाट बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणाको सञ्चालक समितिको अध्यक्षमा श्याम ढकाल पुनः निर्वाचित भएका छन् । शुक्रबार भएको चौथो क्याम्पस सभाले संविधान सभाका सदस्य समेत रहेका ढकालको अध्यक्षतामा १५ सदस्य क्याम्पस सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा देवकीनन्दन त्रिपाठी सदस्यहरुमा देवि प्रसाद भुषाल, बलिराम चौधरी, कलिराम चौधरी, चन्द्रावती न्यौपाने, चन्द्रिका प्रसाद थारु, सिताराम थारु, निदुलाल चापागाँई, लक्ष्मी प्रसाद अधिकारी, श्रीकृष्ण देवकोटा, बोधराज गौतम, कृष्ण सुवेदी र कर्ण बहादुर रोकाय सर्वसम्मत चयन भएका छन् । त्यस्तै निलकण्ठ भुषालको संयोजकत्वमा लेखा समिति पनि चयन गरिएको छ । जसको सदस्यमा कृष्ण प्रसाद भुषाल र उमानाथ उपाध्याय रहेको साहायक क्यामपस प्रमुख चन्द्र पौडेलले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज ११ गते शनिबार