रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।
बर्दियाको बाँसगढीमा सर्पदंश प्राथमिक उपचार केन्द्रको स्थापना गरिएको छ । सर्पले टोकेका व्यक्तिको प्राथामिक उपचार गरी ज्यान जोगाउने उद्वेश्यका बाँसगढी नगरपालिकाले सर्पदंश प्राथामिक उपचार केन्द्रको स्थापना गरेको हो । नगरपालिकाले बाँसगढीमा रहेको शुभकामना पोलिक्लिनिकमा केन्द्रको स्थापना गरेको छ । सर्पदंश प्राथामिक उपचार केन्द्रको बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले बाँसगढी सर्पको बढी जोखिम क्षेत्र भएकाले पनि सर्पदंश उपचार केन्द्र स्थापना गरिएको जानकारी दिए ।
सर्पदंश उपचार केन्द्रले सर्पको टोकाईबाट मृत्यु हुने मानिसको मृत्युदर घटाउन र मानविय जीवन सुरक्षित गर्न सक्ने नगर प्रमुख अधिकारीले अपेक्षा व्यक्त गरे । राजमार्ग मै सर्पदंश सेवा सञ्चालन भएकाले बाँसगढी क्षेत्रको लागि मात्रै नभएर अन्य क्षेत्रका व्यक्तिहरुको पनि जिवन बचाउन सहयोग पु¥याउने उनले बताए । नगर प्रमुख अधिकारीले बाँसगढी क्षेत्रमा सर्पदंश उपचार केन्द्र स्थापना चुनौतिको बिषय भए पनि सबैको साथ र सहयोगले थप व्यवस्थित बनाउन सकिने कुरामा जोड दिए । उनका अनुसार नगरपालिकाले उपचार केन्द्रमा सेवा प्रवाहका लागि आवश्यक पर्ने न्युनतम शुल्क र आवश्यक सामाग्रीहरु उपलब्ध गराउने छ ।
उपचार केन्द्रमा सर्पदंशको भ्याक्सीन, श्वास प्रश्वासको लागि सहज बनाउने, टोकेको सर्पको पहिचान, परामर्श लगायत प्रारम्भिक उपचार गरि थप उपचारका लागि बाहिर पठाईने छ । भेरी अस्पताल नेपालगञ्जका सर्पदंश सेवाका डा.पारस पाण्डेले सर्पले टोकेका व्यक्तिलाई जति जक्दो उपचारको पहुँचमा ल्याउनुपर्ने ज्यान जोगिने बताए । ‘सर्पले टोकेका व्यक्तिको श्वास प्रश्वास बन्द हुने कारणले मृत्यु हुने भएकाले प्राथामिक उपचारले पनि ज्यान बचाउन सहयोग पुग्नेछ’ उनले भने,‘सर्पले टोकेका बिरामीलाई ठुलै अस्पतालमा मात्रै लिएर ज्यान बच्न सक्ने होईन प्राथामिक उपचार केन्द्रबाटै विरामीलाई चाहिने उपचार पाएमा मृत्युबाट बचाउन सकिन्छ ।’
बालबालिकालाई सर्पले टोकेको थाहा नहुने भएकाले शरिरका भागहरु बन्द हुने र श्वास प्रश्वासमा समस्या देखिने, आँखा बन्द हुने, धेरै पेट दुख्ने जस्ता लक्ष्मण देखिएमा पनि सर्पदंश उपचार केन्द्रमा ल्याउन उनले सबैलाई आग्रह गरे । बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मरराज खत्रीले सर्पले टोकेका बिरामीहरुलाई अब सहज हुने बताए ।