18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

बाँके र बर्दिया बराबरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज रंगशालामा सञ्चालन भएको क्वीक्स कप अन्तर विद्यालय प्रदेश स्तरीय छात्रा फुटबल प्रतियोगितामा बाँके र बर्दियाले बराबरी खेलेका छन् । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको क्वीक्स कप प्रदेश ५ स्तरीय छात्रा प्रतियोगितामा अग्रता लिएर पनि जोगाउन नसक्दा बाँकेले अंक बाँडेको हो । बाँकेको जनज्योति मावि र बर्दियाको नेरा गणेश माविबीचको खेल एक÷एक गोलमा टुंगिएको छ ।

खेलको ११ औं मिनेटमा जनज्योति माविकी मोनिका घर्तिमगरले गोल गरेर टीमलाई अग्रता दिलाएकी थिइन् । दुवैतर्फबाट धेरै राम्रा राम्रा अवसर खेर गएको खेलको ६५ मिनेटमा नेरा गणेश माविकी सुजिता थारुले गोल गर्दै बराबरी गरिन् । जिल्ला–जिल्लामा सञ्चालन भइसकेको क्वीक्स कपका विजेताले प्रदेशमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालगञ्ज रंगशालामा बाँके, बर्दिया र दाङका विजेताले प्रतिस्पर्धा गर्दैछन् । तीन जिल्लाको विजेताले राष्ट्रिय प्रतियोगिता खेल्न पाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । क्वीक्स कपका विजेता छात्रहरुले दाङमा प्रतिस्पर्धा गरिरहेका छन् । छात्राको केही जिल्लाको खेल बुटवलमा भइरहेको छ ।

क्वीक्स कप प्रदेशस्तरीय छात्रा फुटबल प्रतियोगिताको उद्घाटन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक जयन्त शर्माले गरेका थिए । उद्घाटनमा एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, बाँकेका उपाध्यक्ष गोविन्द श्रेष्ठ, प्रदेश ५ का महिला टीमका प्रशिक्षक युवराज शाही, क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी, नेपालगञ्ज–११ का अध्यक्ष घनश्याम थापालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६     8:27:27 AM  |