कृषिमा साढे १४ करोड विनियोजन



नेपालगञ्ज ।

कृषि विकासका लागि बाँके जिल्लामा १४ करोड ४४ लाख रुपैयाँ खर्च गरिने भएको छ । समग्र कृषि विकासका लागि कृषि ज्ञान केन्द्रमार्फत बाँके र बर्दियामा १२ करोड ९० लाख रुपैयाँ खर्च गरिने बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए । उनका अनुसार दुबै जिल्लामा समानुपातिक रुपले बजेट खर्च गरिनेछ ।

कृषि क्षेत्रको विकासका लागि बाँकेका स्थानीय तहले सात करोड ९९ लाख रुपैयाँ विनियोजन गरेका छन् । बाँकेमा मात्र १४ करोड ४४ लाख बढी बजेट यस वर्ष कृषिको विकासका लागि ज्ञान केन्द्र र स्थानीय तहले छुट्टयाएका छन् । कृषि क्षेत्रका लागि कोहलपुर नगरपालिकाले सवैभन्दा बढी रकम विनियोजन गरेको छ । कोहलपुरले एक करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जानकी गाउँपालिकाले एक करोड ३५ लाख, राप्ती सोनारी गाउँपालिकाले एक करोड १५ लाख, बैजनाथ गाउँपालिकाले एक करोड १० लाख, नरैनापुर गाउँपालिकाले ८० लाख ५० हजार, खजुरा गाउँपालिकाले ७० लाख, डुडुवा गाउँपालिकाले ६४ लाख र नेपालगन्ज उपमहानगरपालिकाले ७४ लाख रुपैयाँ कृषि क्षेत्रका लागि विनियोजन गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १० गते शुक्रबार