8 September 2024  |   आइतवार, भदौ २३, २०८१

सुर्खेतमा तीन जनालाई डेंगु संक्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६  

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि तीन जनालाई डेंगु संक्रमण देखिएको छ । प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचार गर्नेक्रममा उक्त संक्रमण देखिएको हो । वीरेन्द्रनगर–४ का ३५ वर्षीय उदय सुनार, बराहताल गाउँपालिका–१ हरिहरपुरकी १२ वर्षीया एलिना पुलामी र वीरेन्द्रनगर–६ का ३५ वर्षीय जयकिसन विकलाईलाई डेंगुको संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय कीटजन्य रोग अधिकृत तथा महामारी रोग नियन्त्रण फोकल पर्सन श्यामलाल आचार्यले जानकारी दिए ।

तीन जनामध्ये सुनार र पुलामी अस्पतालबाट डिस्चार्ज भइसकेको र नियमित औषधी सेवन गरिरहेको बताए । विक भने वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचारको क्रममा रहेको बताए। अधिकृत आचार्यका अनुसार विक र पुलामी डेंगुको नयाँ विरामी भए पनि सुनारमा भने पुरानो संक्रमण भएको बताए । झण्डै पाँच वर्षअघि सुर्खेतमा एक जना डेंगु संक्रमणले नै मृत्यु भएको थियो । सुर्खेतमा पनि डेंगु संक्रमण देखिएपछि उच्च सर्तकता अपनाइएको छ ।

प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६     8:45:33 AM  |