अध्ययन पुर्व विद्यार्थीलाई प्रशिक्षण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १०, मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा विषेश शिक्षा अध्ययन पुर्व प्रशिक्षण गराईएको छ । विद्यालयले नयाँ शैक्षिक सत्रको लागि अध्ययन शुरु गरेको २४ महिने सूचना प्रविधि सम्बन्धि तालिम लिनु पुर्व प्रशिक्षण गराईएको हो । त्रिभुवन विद्यालयले शैक्षिक २०७६÷७७ को लागि प्राविधिक एसएलसी तहको २२ महिने ईन्फमेसन टेक्नोलोजीका बारेमा अध्यापन गराउदै छ ।

उक्त तालिम लिनको लागि आवेदन दिएका विद्यार्थीहरुलाई प्रशिक्षण गराईएको विद्यालयले जनाएको छ । विद्यालयका प्राधानाध्यापक देवका बस्नेत थापाले निःशुल्क रुपमा प्रदान गरिने तालिम लिनको लागि आवेदन दिएका पशिक्षार्थीलाई विज्ञहरुको सहभागितामा प्रशिक्षण तथा अभिुमुखिकरण प्रदान गरिएको हो । उक्त तालिम लिनको लागि १ सय ४० जनाले आवेदन दिएका छन् । प्रवेश परिक्षा आगामी भाद्र २१ गते संचालन गरिने उक्त जानकारी दिईन् ।

विद्यालयको सहकार्यमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट संचालित दिगो तथा सम्मानिक रोजगारीको लागि सिप परियोजनाबाट निःशुल्क तालिम प्रदान गरिन लागिएको हो । नयाँ परिक्षार्थीलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)को प्रदेश ५ को सम्पर्क कार्यालय कोहलपुरका उप–निर्देशक अम्मर बहादुर घर्तीमगर र नरेश सिंहले प्रशिक्षण गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १४ गते शनिबार