नेपाली समाज, संस्कृति, पराम्परा जनजीवन र रहनसहन मुलतः मौलिक छन् । अनेकतामा एकता संगै हरेक क्षेत्रमा मौलिकता हाम्रो पहिचान
हो । यहि पहिचानले हामी विश्वमा विशिष्ट उदाहरण र परिचय बोकेर नेपाली हुनुमा गर्भ गर्छौ । संस्कतिमा धनी हामी संसारमा सायदै छौला । ग्रिक, रोम संस्कृति पश्चिमा राष्ट्रहरुमा जति दबदबा उत्तिकै स्तरमा पुर्वी एसियामा हाम्रो संस्कृति नै विशिष्ट स्थानमा छ । पौराणिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक रहेक क्षेत्रमा भएको त्यही मौलिकता हो । यही मौलिकपनाले अनेकतामा एकताको प्रतिकको रुपमा कहलिएको छ । पहिचानका कारण विश्वको ध्यान नेपालको सांस्कृतिक सम्पदा अबलोकनका लागि आउनु पनि हो । समाज गतिशिल छ । यही गतिशिलता, बढ्दो प्रविधिको विकास, खुलापन नेपाली समाजमा भुसको आगो जसरी फैलिरहेको छ । अझ पश्चिमा संस्कृतिको अनुसरण वर्षेनी बढ्दो छ ।
पछिल्लो पुस्तामा यसको प्रभाव बढि देखिएकोले हाम्रो मौलिकता नै कहिले हराएर पौ जाने त होईन भन्ने चिन्ताको विषय बनिरहेको छ । अर्कातिर वर्षनी आईपर्ने विपत्तिका कारण पनि यसमा क्षेत्रमा असर परिहेको अवस्था विद्यामान छ । साँस्कृतिक सम्पदा बिचौलिया, तस्कर, दलालको आँखामा पर्नु त सबै भन्दा ठुलो समस्याको रुपमा देखा परेको छ । बहु धार्मिक हाम्रो देशमा रहेका यिनै बहुमुल्य सम्पदाको चोरी निकासी हुनुले हामी मानवमा मानवता त कराउँदै छैन भन्ने प्रश्न खडा हुन थालेको छ । पुर्व मेची देखी पश्चिम महाकाली सम्म चारै तिर गाउँ गाउँ कुना कन्दरामा जादाँ साच्चिकै मौलिक पनले अहिले पनि देख्न पाईन्छ धेरै ठाउँमा ।
सहरीकरण, औद्योगिकरणको मारमा समेत सांस्कृतिक क्षेत्र परेको छ । यस तर्फ पनि पक्कै ध्यान जानैपर्छ । पहिचान रहे त हामी रहन्छौ । त्यसैले हाम्रो पहिचान र मौलिकपन, अनि संस्कृति बचाउने जिम्मेवारी हाम्रै हो । अरुका राम्रा कुराको सिकाई गर्दा त्यसको लाम हामीले लिन सक्नु पर्छ न की राम्रा पराम्परा र संस्कृतिको नक्कल । त्यसैले जागौँ अब गाउँ गाउँ र बस्ति बस्तिबाट हाम्रो देश अनि संस्कृति बचाउनका खातिर जसरी हाम्रो देशको पुर्खा आफ्नो अस्तित्व बचाउन लागि परेको थियो । एक पटक त्यौ गौरवपुर्ण ईतिहासको पाठ सिक्नु पर्ने बेला भएको छ हामीले । बाँच्नु छ हामी चन्द्र सुर्य अंकित झण्डामा अनि फरफराउनु छ देशको झण्डा सगरमाथामा । अनि बनाउनु छ देश बचाउनु छ संस्कृति हाम्रै पालामा । संस्कृति संरक्षणको लागि कोही नफुटौ, एकताबद्ध भएर जुट्यौ ।









प्रतिक्रिया दिनुहोस्