कोहलपुर ।
नेपालगञ्जको जमुनाहा नाकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय सिमा बजार रुपैडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका भारतीय नागरिकलाई ७ ग्राम लागूऔषध ब्राउनसुगरसहित शनिबार जमुनाहा प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहा अनुसार पक्राउ पर्नेमा रुपैहिहा चकिया रोड, आदर्शनगरका २२ बर्षका इरफान शेख रहेका छन् ।
शेखले ब्राउनसुगर ल्याउँदै गरेको बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ७ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको थियो । आवश्यक अनुसन्धान र कारबाहीका लागी इलाका प्रहरी कार्यालय जमुनाहाले पक्राउ परेका शेखलाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी स्रोतका अनुसार उनले एक पोका बराबर ५०० रुपैयाँ लिएर नेपालगञ्जसम्म लागूऔषध ब्राउनसुगर पु¥याउने काम गर्दथे । उनीमाथी थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।