कोहलपुर । बाँकेको कोहलपुरमा सिभिल बैंक शाखा कार्यालयको उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच बैंकले कोहलपुरमा ९६ औं शाखा उद्घाटन गरेको हो । कोहलपुर शाखाको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरे ।
शाखा उद्घाटन गर्दै प्रमुख रावतले बैंक तथा वित्तीय क्षेत्रको विस्तार नगरपालिकाको आर्थिक समृद्धिसंग जोडिएको विषय भएको बताए । बैंक मार्फत कृषि क्षेत्रमा नगरपालिकाले ल्याएका योजनामा सहकार्य गर्न जोड दिए । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुृर अधिकारीले कोहलपुरमा बैंक तथा वित्तीय क्षेत्रको संख्या बढ्न्ुले यहाँको परिवर्तन झल्काएको बताए ।
अध्यक्ष अधिकारीले उत्पादनमुकल क्षेत्रमा लगानी बृद्धि भइरहेको बताउँदै तर अस्थिर ब्याजदर उद्योगी, व्यवसायीका लागि चुनौती बनेको उल्लेख गरे । सिभिल बैंक मार्फत सेवाग्राहीका आवश्यकतामा आधारित भएर काम गरिने बताए । उनका अनुसार बैंकिङ क्षेत्र नाफामुलक मात्रै भई सेवा मुलक भएको बताईएको छ । कार्यक्रममा कोहलपुर वडा नम्बर ११ का वडा अध्यक्ष कर्ण थापा, इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । शाखा प्रबन्धक बसन्त रेग्मीले अरुको भन्दा पनि फरक रुपमा काम गरिने प्रतिवद्धता व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्