मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६
कोहलपुर।
ईलाका प्रहरी कार्यालय कोहलपुरले धारिलो हतियार देखाउदै गाउँमा हल्ला गर्दै हिड्ने एक युवालाई पक्राउ गरेको छ । सुरक्षामा खटिएको प्रहरीको एक विषेश टोलीले हतियार देखाएर हो हल्ला गर्ने कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडीका २२ वर्षीय दिपेश डाँगीलाई पक्राउ गरिएको हो ।
कार्यालयले दिएको जानकारी अनुसार उनलाई गत असार २९ गते पक्राउ गरिएको हो । अहिले डाँगीलाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।