8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

दुर्घटनामा एकको मृत्यू

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६  

सल्यान ।

सल्यानमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ३ आगरखोलामा सोमबार ट्रक दुर्घटना हुँदा शिद्धकुमाख गाउँपालिका २ बस्ने ५३ वर्षीय दुर्गाबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । रुकुमबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ९७, ११ नम्बरको ट्रक आगरखोलाको घुम्तीमा ९ बजेतिर दुर्घटना हुँदा ८ जना घाइते मध्ये उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरूमा सल्यान शिद्धकुमाख गाउँपालिका २ का ६४ वर्षीय दलबहादुर बोहरा, सल्यान बागचौर नगरपालिका ३ का ३२ वर्षीय गीता रेउले, कपुरकोट गाउँपालिका ५ का छबि विक, उनका ११ वर्षीय छोरा प्रविन विक छत्रेश्वरी गाउँपालिका लान्तीकी ४० वर्षीया नविना खत्री उपेन्द्र रावल, तुलसीपुर ५ का मानबहादुर पुन रहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक तुलसीपुर उपमहनगरपालिका ५ निवासी २६ वर्षीय ताराप्रसाद खड्का र सहचालक २० वर्षीय यज्ञबहादुर खड्का भने सामान्य घाइते भएको र उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार पछि प्रहरी चौकी कपुरकोटले नियन्त्रणमा लिएको छ । अन्य ७ जना घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने अझैसम्म खुल्न सकेको छैन ।

प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६     9:28:44 AM  |