8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

भारतको दबावपछि तरकारीमा विषादी परीक्षण स्थगित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २१, २०७६  

काठमाडौं ।

भारतको दबावपछि सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण नगर्ने भएको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने भएको हो।

दुई साताअघि उद्योग तथा वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्‌बाट विषादी परीक्षण गर्ने स्वीकृत भएको थियो। तर दुई सातामा सरकार विषादी परीक्षणबाट पछि हटेको छ।

सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै परीक्षण गरिने स्रोतले बताएको छ।

प्रकाशित मितिः शनिबार, असार २१, २०७६     5:56:12 PM  |