समृद्ध कोहलपुर , सुखी कोहलपुरबासी



सुमन घिमिरे

सुमन घिमिरे

प्रदेश नम्बर ५ ,६ र ७ को केन्द्रबिन्दु , पुरानो र एतिहासिक सहर हो कोहलपुर । स्थानिय तहको पुनःसंरचना हुनु अघि नै रझेना र कोहलपुर मिलेर कोहलपुर नगरपालिका बनेको थियो भने स्थानिय तहको पुनःसंरचना भयेपछी साबिकको संमशेरगन्ज गाबिस मिलेर कोहलपुर नगरपालिका बनेको हो । करिब १ लाख जनसंख्या रहेको यो नगरपालिका बिकासको सम्भावनाका हिसाबले अत्यन्तै सम्भावना बोकेको नगरपालिका हो । कोहलपुर नगरपालिकाको आयआर्जनको प्रमुख श्रोत भनेको कृषि , ब्यवसाय आदि हुन । तराकारी खेतिका हिसाबले कोहलपुर नगरपालिका अत्याधिक महत्त्वपूर्ण छ ।३, १२,१३,१४,१५ नम्बर वार्डहरुमा उल्लेखनिय मात्रामा तरकारी उत्पादन हुने गर्दछ । कृषि उत्पादनमा यी वडाहरुले छुट्टै पहिचान बनाउन सफल भयेका छन । नगरपालिका भित्र ठूलो संख्यामा कृषि समुह र कृषि फर्महरु संन्चालित छन । कृषिलाई आधुनिक प्रबिधिबाट उत्पादित गरि , बैज्ञानिक ढङले अगाडि बडाउन सकेमा कृषि क्षेत्र मा ठूलो फड्को मार्न सक्ने सम्भावना छ । कोहलपुर शीत भन्डारलाइ अझ ब्यवस्थित गरेर अगाडि बडाउन आवश्यक छ । समग्रमा यश पालिका कृषिमा आफैमा निर्भर रहन सक्छ र अन्य पालिकाहरुमा निर्यात गर्ने पनि ल्याकत राख्दछ ।

कृषि सङसङै यश पालिकामा होटल ब्यवसाय , अटो ब्यवसाय र विभिन्न कलकारखाना हरु पनि संचालनमा रहेका छन् । अझै पनि कर्णाली प्रदेश , सुदुरपस्चिम प्रदेश र प्रदेश नम्बर ५ का जनताहरु ठूलो मात्रामा किनमेलका लागि कोहलपुर आउने गर्दछन । चारतारे होटेल सेन्ट्रल प्लाजा खुलेसङै होटल ब्यवसायमा अब  कोहलपुरले ठुलै फड्को मार्न सक्ने देखिन्छ । निजि क्षेत्र बाट सञ्चालित यी व्यवसायहरुबाट रोजगारी सिर्जना हुन गइ कोहलपुरको समृद्धि मा ठूलो टेवा  पुग्नेछ ।
यश नगरपालिकामा मुस्लिम , जनजाती , मधेसी , दलित , भुमिहिन , सुकुम्बासी , उत्पिडित , सिमान्तकृत समुदायको जनताको उपस्तिथि पनि उल्लेखनीय मात्रामा रहेछ छ । यिनिहरुको जिबनस्तर माथी उकास्न बिशेश आर्थिक प्याकेजको ब्यवस्थापन गर्न जरुरी छ ।  यस पालिका अन्तर्गत ठूलो संख्यामा बासिन्दाहरु ऐलानी जग्गामा बसोबास गरिरहेका छन । राज्य ऐलानी जग्गालाइ  पुर्जा बितरण गर्ने नीति बनाइरहदा कम्तिमा स्थानिय स्तरमा स्थानिय सरकारले कुन ब्यक्तिको कति जग्गा हो भनेर नापकाट गर्न आवश्यक छ । यसले भबिस्यमा संघिय सरकारले पुर्जा बितरण गर्ने नीति बनायेका पुर्जा बितरण गर्न सजिलो हुनेछ ।

राज्यले यस नगरपालिकालाइ हरित नगरपालिकालो रुपमा बिकास गर्न खोजे पनि स्थानिय सरकार मौन नरहदा त्यो योजना कता कता हराये जस्तो देखिन्छ । सबै मिलेर यो हरित नगरपालिकाको अभियान अगाडि बडाउन आवश्यक छ , जस्ले रास्टिय स्तरमा कोहलपुरलाई चिनाउन महत्वोपुर्ण भुमिका खेल्नेथियो ।
साबिकका कोहलपुर , रझेना र शमसेरगन्ज गाबीस मिलेर यो कोहलपुर नगरपालिका स्थापना भयेको हो । यश नगरपालिकामा बसोबाश गर्ने बासिन्दालाइ अझ भावनात्मक ढङले जोड्न सबै वडाहरु छुने गरि रिङरोड निर्माण गर्न सके त्यसले यश नगरपालिकाको समृद्धिमा टेवा पुग्न
सक्छ । यश नगरपालिकामा केही सामुदायिक बन र बाके रास्टिय निकुन्ज जोडियेको छ ।
नेपालको सबैभन्दा कान्छो रास्टिय निकुन्ज बाके रास्टिय निकुन्जको मध्यवर्ती क्षेत्र यहि नगरपालिकामा पर्दछ । वार्ड नम्बर १३ बाके रास्टिय निकुन्ज सङ जोडियेको छ जहाँ केही होमिस्टे र हाती सफारी गर्न मिल्ने ब्यवस्था पनि रहेको छ । यस्लाइ अझ ब्यवस्थित र योजनाबद्द ढङले अगाडि बडाउने हो भने ठूलो मात्रामा आन्तरिक तथा बाह्य पर्यटक कोहलपुर भित्राउन सकिने  थियो । जस्ले कोहलपुरको बिकासमा उल्लेखनिय टेवा पुर्याउन सक्थियो ।

कोहलपुर कर्णाली प्रदेश , सुदुरपस्चिम प्रदेश र प्रदेश नम्बर ५ को केन्द्रबिन्दु हो । लाखौ ब्यक्तिहरु यहि बाट आवतजावत गर्ने गर्दछन र उनिहरुले सर्बप्रथम सिङो कोहलपुरलाई नदेखेर चौराहलाइ देख्छन । त्यस्कारण कोहलपुर चौराहलाइ ब्यवस्थित गरेर , गुरुयोजनामा साथ अगाडि बडाउन आवश्यक छ । यसो गरियेमा आवतजावत गर्ने यात्रीहरुको कोहलपुर प्रती  सकारात्मक दृस्ठिकोण पैदा होस र एकचोटी कोहलपुर घुम्न जाने इच्छा जागोस ।  एउटा आङिक क्याम्पस , आदि दर्जन निजि क्याम्पस , दर्जन बडि निजि , सरकारी बिध्यालयहरु र केही प्राबिधिक बिधालयहरुले यश पालिकामा शिक्षा प्रदान गरिरहेका छन । लक्ष्मि मा बि ब्रदहवा कृषि सम्बन्धि बिशेश शिक्षा, ज्ञान ज्योती मा. बि र त्रिभुवन नमुना मा.बि लगायत सरकारि बिध्यालयले इन्जिनियरिङ र ओभरसिजको पठनपाठन गराउदै आयेका छन । यश नगरपालिकामा केही नाम चलेका लगायत दर्जन बडि निजि मा.बि हरुले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका छन् ।

समृद्धिको सवाललाइ मुख्य केन्द्रबिन्दु मानेर नीति कार्यक्रम र बजेट तर्जुमा भहिरहेको अवस्थामा कोहलपुर नगरपालिका समेत समृद्धि हासिल गर्नुपर्ने दिशामा अगाडि बड्नुपर्ने सान्दर्भिकता एकदमै टड्कारो आवस्यकताका रुपमा आउँछ । यसै सन्दर्भमा कोहलपुर नगरपालिकालाई साक्षर नगरपालिका हालसालै घोषण भयेको छ । जुन एकदम स्वागतयोग्य छ , यद्यपि अबको हाम्रो ध्यान भनेको साक्षर नभइ शिक्षित नगरपालिका घोषणामा केन्द्रित रहेर आफ्ना क्रियाकलाप अगाडि बडाउन नगरका सरोकारवाला सबैको ध्यान केन्द्रित  हुनुपर्दछ । प्रस्तुत सन्दर्भ लाई यो आलेखमा जोड्नुका पछाडिको मेरो नितान्त स्वार्थ भनेको समृद्धिको प्रमुख आधार भनेको  शिक्षा विकास हो भन्ने नै रहेको छ ।
सन १९४९ मा हिरोसिमा र नाकासाकिमा अणुबम खसालिदा बिक्षिप्त भनेको जापानले ७० बर्षको इतिहासम विकासको गतिमा फड्को मारेर जुन खालको कायापालट बिश्वसामु प्रस्तुत गर्न सकेको छ त्यो पाटो निश्चय पनि सहज थियेन ।

सोही हाराहारीमा जहानिय राणा शासनबाट स्वतन्त्र बनेको नेपालमा उक्त ७० बर्ष राजनैतिक परिवर्तन र स्थायित्वका खातिर मात्र ब्यतित गर्नु
प¥यो ! यो दृस्ठान्तका प्रदा पछाडि अन्य सहायक कारण हुनसक्ने भएयतापनि
प्रमुख र यक्ष कारण भनेको शैक्षिक विकास नै हो ! ७० बर्ष अगिको जापानमा शाक्षरता दर १००५ हाराहारीमा रहेको तर सोही समयमा नेपालमा शाक्षरता दर ४५ को हाराहारीमा मात्र पाइन्छ । बिड्मबना हाल आएर मात्र हामी कब्जियत भएको शैलीमा हाम्रा स्थानीय तह हरुलाई शाक्षर पालिकाकारुपमा घोषणा गर्ने अवस्थामा आइपुगेका छौ ।
कोहलपुरको सन्दर्भमा सामुदायिक संस्थागत बिधालयहरुले आधारभुत तहको शैक्षिक आवस्यकता पूरा गरिरहेका छन भने उच्च शिक्षाको आवस्यकको परिपुर्ति गर्ने नेतृत्वमा बागेश्वरी बहुमुखी क्याम्पस
देखिन्छ । बि.स. २०४८ मा स्थापित यस क्याम्पस अहिले आएर ऐतिहासिक फड्को मारेर मध्यपश्चिमाञ्चल बिश्वबिद्धालयको आगिक क्याम्पस हुन सफल भएको छ। जसबाट कोहलपुर क्षेत्रका आम शिक्षा प्रेमी महानुभाव हरुमा खुशीको सन्चार भएको छ, पक्कै पनि अबका दिनमा यश क्याम्पसमा साधारण ब्यावसायिक र प्राबिधिक शिक्षाको प्रचार हुने कुरा आशावादी रहन सकिन्छ। आगामी बर्षमा प्राबीधिक बिषय सन्चालनमा आउने कुरामा आशावादी हुन सक्ने थुप्रै आधारहरु छन। यसरी हामी कोहलपुरलाई शैक्षिक हवको रुपमा बिकास गर्न सक्दछौ जसबाट कोहलपुरको आर्थिक समृद्धि र बिकासमा टेवा पुग्ने छ !

हिजोका सबै संरचनाहरु परिवर्तन भैसकेपछि अब कम्तिमा १५ ओटा वडा रहेको यश नगरपालिकामा प्रत्यक वडमा एउटा वडा स्वास्थ चौकी स्थापना गर्न आवश्यक छ । जस्ले बाके जिल्लाकै सुगम नगरपालिका कोहलपुर नगरपालिका जनताले सहज र सरल ढङले स्वास्थ सेवा प्रयोग गर्न पाउन । निजि क्षेत्र बाट संचालित साबिकको मध्य तथा सुदुर पस्चिमको सबैभन्दा ठूलो मेडिकल कलेज पनि यहि कोहलपुरमा रहेको छ । यस्लाइ अझ ब्यवस्थित र सम्पुर्ण बर्गका जनताहरुले स्वास्थ सेवा पाउने बातावरण तयार पार्नु पर्दछ । यश पालिकामा केही उधोग तथा कलकारखाना सन्चालनमा रहेका छन । उधोग, कलकारखाना लागि कोहलपुर नगरपालिका अत्याधिक सम्भावना रहेको क्षेत्र हो । केही आन्तरिक र केही बाह्य लगानी भित्रायेर केही ठूलो उधोग स्थापना गर्ने वातावरण तयार गर्न सके रोजगारी सिर्जना हुने थियो र कम्तिमा यश नगरपालिकामा रहेका धेरै ब्यक्तिहरुलाइ ब्यवस्थापन गर्न सकिने थियो । जस्ले समृद कोहलपुर र सुखी कोहलपुर बासी अभियानलाइ टेवा पुराउने थियो ।

अत्याधिक सम्भावना भयेको तर राज्यको आखामा पर्न नसकेको कोहलपुर अन्तर्राष्ट्रिय कृकेट स्टेडियम निर्माण गर्न सके र यसलाइ उचित योजनाका साथमा अगाडि बडाइ संचालन गरेमा धेरै रास्टिय तथा अन्तर्रा्ष्ट्रिय कृकेट प्रतियोगिताहरु यहाँ गर्न सकिन्थ्यो । जस्ले कोहलपुरको नाम देश तथा बिदेशमा रोशन गर्न सक्थ्यो । यस्ले कोहलपुर सम्बृदिमा टेवा पुग्थ्यो र कोहलपुरवासिको जिवनस्थर माथी उकास्न महत्त्वपूर्ण भुमिका खेल्न सक्छ ।

५ नम्बर , कर्णाली र सुदुरपस्चिम प्रदेसको केन्द्रबिन्दु कोहलपुरलाई योजनाबद्द ढङले बिकासको बाटोमा अगाडि बडाउने हो भने देशकै नमुना हरित सहरको रुपमा बिकास गर्न सकिन्छ । सम्भावना धेरै छन , इच्छा शक्ति सम्बन्धित निकायमा हुने हो भने कोहलपुर पर्यटकको लागि आकर्षणको केन्द्रबिन्दु बन्न सक्छ । रारा , खपत्ड , मानसरोवर लगायत अन्य धार्मिक तथा पर्यटकिय स्थलमा जाने पर्यटकहरु बडि बसाइ गर्ने ट्रान्जिट स्थलको रुपमा कोहलपुर लाई बिकास गर्न सकिन्छ र सम्भावना अत्याधिक छ ।
कोहलपुरको समृद्धिको मुख्य आधार कृषि , ब्यवसाय , बागेश्वरी बहुमुखी क्याम्पस , बाके रास्टिय निकुञ्ज , प्रदेश नम्बर ५,६ र ७ को प्रदेशद्वार , अन्तर्रा्ष्ट्रिय कृकेट मैदान आदि नै हुन सक्छ । यस्का लागि निर्वा्चित जनप्रतिनिधि तनमन धन लागायेर लाग्न आवश्यक छ र जस्का कारण इतिहासले उनिहरुलाइ सम्झिरहोस ।
लेखक अनेरास्ववियु बाके क्षेत्र
नम्बर १ का अध्यक्ष हुन ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार ८ गते आइतबार