कोहलपुरलाई साक्षर नगरपालिका घोषणा किन ?



एकराज शर्मा
उप–प्राध्यापक
म. प . वि. बागेश्वरी बहुमुखी क्याम्पस
कोहलपुर बाँके

साविक मध्यपश्चिमान्चल विकास क्षेत्र हाल प्रदेश नं ५ को जिल्ला बाँके हो । शैक्षिक दृष्ट्रिकोणबाट , भौगोलिक, आर्थिक र सामाजिक आधारमा यो जिल्ला केन्द्रविन्दुमा रहेको छ । यस जिल्लामा त्रिभुवन विश्वविद्यालयका २ र मध्यपश्चिमान्चल विश्वविद्यालको १ आंगिक क्याम्पस छन् । नेपालगन्जको महेन्द्र बहुमुखी र नर्सिङ क्याम्पस एवं कोहलपुरको बागेश्वरी क्याम्पस सरकारी क्याम्पस हुन् भने २ वटा सामुदायिक र १२ वटा निजि क्याम्पस छ्न । जिल्लागत हिसाबमा बिगतदेखि हालसम्म व्यापारीक केन्द्र विन्दु भएको देशको ठूलो सहरमा गनिन्छ यो जिल्ला । यहाँ रुपैडिया भन्सार, बागेश्वरी मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज र राष्ट्रय गौरवको आयोजना सिक्टा सिचाइ आयोजनाले यो जिल्ला झन परिचीत जिल्ला हो । देशको ५,६ र सुदुरपशिम परदेशको केन्द्रविन्दुमा रहेको जिल्ला हो । त्यसमध्य कोहलपुर नगरपालिका त झन उदाउँदो र केन्द्रिय अवस्थामा रहेको छ । जसको ध्यानाकर्षण सबैको जान्छ । यस नगरपालिकामा १५ वटा वडा रहेका छन् । ५ नं प्रदेशका सबै जिल्ला मध्य बाँके र कपिलवस्तु मात्र साक्षर हुन बाँकी जिल्ला हुन् । यी जिल्ला साक्षर घोषणा नहँुदा ५ नं प्रदेशलाई नै समस्या आएको छ । अब छिटोभन्दा छिटो यी जिल्ला घोषणा हुने तयारीमा छन् ।

कोहलपुर नगरपालिकामा हाल जम्मा ९०९५६ जनसंख्या छ । जसमध्ये सर्वेक्षणबाट प्राप्त निरक्षर संख्या ५६०६(६.१६ ५) छ । जसमध्ये साक्षर कक्षामा सहभागी निरक्षर संख्या २५९२, कक्षापुरा गर्ने सहभागी संख्या २४०३, वडामा बाँकी निरक्षर संख्या २८६९(३.१५) र जम्मा साक्षर ९६.८५५ रहेको तथ्यांक छ । जुन कुरा साक्षारता मुल्यांकन समस्टिगत फाराममा उल्लेख छ । वास्तवमा माथिको तथ्यांकलाई बिचार गर्दा कोहलपुर नगरपालिका साक्षर नगरपालिका घोषणा गर्न सक्ने आधार छ । यो आधार मापण गर्ने आधार भनेको साक्षरता मापणका आधार हुन् । जुन आधार मापन गर्दा कम्तिमा ५०५ साक्षरता हासिल गर्ने व्यक्तिलाई साक्षरता प्रमाणपत्र प्रदान गर्ने नेपाल सरकारको नीति छ । ती मापदण्ड निम्न रहेका छ्न् ।

  •  मातृभाषा वा रास्ट्रभाषाका अक्षरमा पढाइ लेखाइ गर्ने ।
  • नेपाली वा मातृभाषामा लेखिएका मुल्यसुचिर विलको पढाइ गर्ने ।
  • आफ्नो परिवारको नाम उमेर लेखाइ र पढाइ गर्ने ।
  • क्याल्कुलेटर , मोबाइल , एवं घडीको अक्षर तथा अंक चिनेको ।
  • ०–९ अंक पढ्न लेख्न सक्ने।
  • १–१०० सम्म गणना गर्ने ।
  • दैनिक कारोबारको हिसाब किताबको लेखाजोखा गर्ने।
  • सरल चित्र, पोस्टर , साइन बोर्ड , ट्राफिक संकेत पढ्न बुझ्न र छुट्याउन सक्ने ।
  • सामुहिक कार्यक्रममा आफ्नो भनाई स्वतन्त्र रूपमा राख्न सक्ने ।
  • समय, तिथि र मिति छुट्याउन सक्ने बैंक तथा चेक एवं एटीएमको प्रयोग गर्न सक्ने ।
  • सामाजिक सन्जालको सहजै प्रयोग गर्न सक्ने हो ।

कोहलपुर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्नुपर्ने कारण भने यस्तो छ ।

– साक्षर नेपाल वर्ष २०७६ को अवधारणा पत्रको लागू गर्न, मुख्री क्रियाकलाप ९ मा साक्षर नेपाल घोषणा २०७६ भाद्र महिनामा वा अनुकुल समयमै घोषणा गर्न, ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षर घोषणा दिवस आयोजना रास्ट्रपतिबाट साक्षर घोषणा नेपाल घोषणा गर्ने कार्यक्रम लाई सहयोग पुरयाउन । कम्तिमा पनि ९६५ जनसंख्या साक्षर भएको प्रमाणीकरण भएकोमा कुरा सरकार समक्ष पेश गर्न । नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त सेवा सुबिधा बाट बन्चित नभैइ थप सेवा प्राप्त गर्न । अरु गा पा र नगरपालिका भन्दा यो नगरपालिका
सक्षम भएको प्रमाणीकरण गर्न । सरकारि नीति र योजनाको कार्यनयन गर्न । देशकै केन्द्रविन्दुमा रहेकोे यो नगरपालिका लाई अब्ब्ल ् सक्षम भएको घोषणा गर्न । ९६५ भन्दा बढी जनसंख्या साक्षर भएकोमा । साक्षर कोहलपुर नगरपालिका घोषणा गर्नु जरुरी छ । वास्तविक रूपमा कुरा गर्दा साक्षरताका लागि सिकाई को ढांचा भ्बअज यलभ तभबअज यलभ, समूह प्रणाली , परिवार साक्षरता , कक्षागत प्रणाली बाट सहजरूपमा बांकी निर्क्षरलाई साक्ष बनाउने कार्यमा विगतदेखि हाल सम्म र भोलिका दिनमा यसलाई निरन्तरता दिने कार्यमा यो नगरपालिका लागेकाले आधारमा पनि साक्षर नगरपालिका घोषणा गर्नु जरुरी छ ।

अनौपचारिक तथा साक्षर नेपाल घोषणा अभियान कार्यक्रम कार्यन्वयन निर्दे्शिका २०६९ को परिपालन गर्न । कोहलपुर नगरपालिकाको निरक्षर ५ एकिन भएकोले । साक्षर बनाउनका लागि तत्काल स्थानीय स्रोत साधनलाई व्यवस्थापन सहिंको कार्यक्रम लागू गरेकोले र यसको निरन्तरता दिने आधार भएकाले । सम्बन्धी सरोकारवालाबाट जनचेतना प्रदान गर्न सक्ने प्रतिबद्धता आएकोले । स्थानीय संघ संस्था यश अभियानमा लागि परेकोले ।

जीवन परेन्त सिकाई तथा निर्रुनतर शिक्षाको दीर्घकालीन प्रबन्ध सहितको तर्जुमा गर्न सकिने आधार भएकाले यस नगरपालिका लाई साक्षर नगरपालिका घोषणा गर्नु आजको आवश्यकता हो । वास्तवमा भन्ने हो भने हाल कोहल नगरपालिकाका १५ वडाको साक्षरता प्रतिशत यस्तो छ । वडा नं १ ९९.२४%, २. ९८.९७% ,३. ९६.९६% ४.९२.९७%
५. ९७.७८%, ६. ९९.४०%, . ९६.२३%, ८.९४.३०%, ९. ९८.७०%, १०. ९६.४८%, ११. ९६.२२%, १२.९६.९३%, १३.९६.००% १४. ९१.००%, १५. ९९.६१%, रहेको छ । यो तथ्यांकबाट के कुरा प्रमाणित हुन्छ भने वडा नं ४, ८ र १४ अझैसम्म अनि साक्षर घोषणा गर्न लाइक छैनन् तर पनि समग्र वडाको साक्षरता ९६५ भन्दा बढी भएकोमा यो अभियान पूरा हुने देखिन्छ । वास्तवमा ती तीन वडालाई अबको दिनमा विशेष प्राथमिकता दिनु पर्नेछ । हालको यो तथ्यांक कोहलपुर नगर शिक्षाले संकलन गरेको हो । यो तथ्यांक केही तलमाथि भएतापनी एकुरेट जस्तै हो । यी आधारबाट पनि साक्षर कोहलपुर नगरपालिका घोषणा गर्नु जरुरी थियोे र छ । यसका लागि सम्पुर्ण सरोकारवाला निकाय, बुद्धिजीवी, राजनीतिक दल, प्राधानाध्यापक–शिक्षक, उद्योगि–व्यापारी, पत्रकार लगायत जनप्रतिनिधिको साथ सहयोगमा हुनु पर्दछ । देश लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्यमा गएको परिवेशमा हरेक जनताको आधारभुत आबस्यक्ता पूरा गर्नु स्थानीय , प्रादेशिक सरकार र सरकार संघिय सरकार को जिम्मेवारी हो ।

माध्यमिक शिक्षालाई निशुल्क शिक्षा घोषणा गरेको सरकारले , रोजगारि अवसरहरु तत्काल प्रदान गर्नु पर्दछ । शान्ति सुरक्षा अमन चैन पर्दान गर्नु आजको आबस्यक्ता छ र हो हाल यो कुरामा सरकार चुकेको छ । प्रर्तिपक्ष सुतेको छ । जनता टोलाएका छन् । तर पनि कोहलपुर नगरपालिकाले साक्षर नगरपालिका घोषणा गर्ने कार्य सराहनीय छ । यसलाई घोषणा गर्ने मात्र होइन कार्यन्वयनमा ल्याउनु जरुरी छ किनभने खुला दिशामुक्त घोषणा र सुर्तीजन्य पदार्थ मुक्त नगरपालिका घोषणा जस्तो नहोस् शुभकामना छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ३० गते बिहीबार