रक्तिम बाँकेको वनभोज



कोहलपुर ।

रक्तिम सांस्कृतिक अभियान बाँकेको आयोजनामा शनिबार बाँकेको गाभरमा वनभोज कार्यक्रम सम्पन्न भएको छ । रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष मानबहादुर भण्डारीको प्रमुख आतिथ्यमा वनभोज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भण्डारीले रक्तिमले संचालन गर्दै आइरहेको सांस्कृतिक आन्दोलनले कम्युनिस्ट आन्दोलन अगाडि बढाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै नेपालको सांस्कृतिक आन्दोलनमा रक्तिमको अग्रणी भुमिका रहेको बताए ।

बनभोज कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगि, प्रगतिशील पत्रकार संघका केन्द्रिय सल्लाहकार शशिधर भण्डारी, अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष बालकुमारी आचार्य, अखिल नेपाल उद्योग ब्यापार संघका केन्द्रीय सदस्य परशुराम लामिछाने, प्रगतिशील पत्रकार संघ केन्द्रिय सदस्य तथा बाँके का. बा. जिल्ला अध्यक्ष विनोद पौडेल, राष्ट्रिय जनमोर्चा बाँके जिल्ला अध्यक्ष गुणनिधी आचार्य, अखिल नेपाल महिला संघ सचीव शर्मिला लामिछाने, अखिल नेपाल शिक्षक संघ अध्यक्ष बुद्धि बन्जाडे, जातीय समता समाज उपाध्यक्ष रेखिराम विक, महिला नेत्री लिलामाया लामिछाने र बयोवृद्ध नेता ऋृषिराम लामिछाने लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा जनगायक जीवन शर्मा, रक्तिम कैलाली अध्यक्ष लक्ष्मी रिजाल र स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुति दिएका थिए ।

करिब डेढ सयको सहभागिता रहेको उक्त कार्यक्रममा रक्तिम साँस्कृतिक अभियानका जिल्ला संयोजक शरद लामिछानेको अध्यक्षता, जिल्ला सदस्य ईश्वर पाण्डेको स्वागत र राष्ट्रिय जनमोर्चा बाँके पुर्वअध्यक्ष गौरीलाल कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ३० गते सोमबार