मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १३, २०७५
मुसिकोट ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक जोडीले बिहेकै दिन रु पाँच लाख बाराबर विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक जोडीले बिहेकै दिन रु पाँच लाख बाराबर विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।
यहाँका नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रीना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने सबै खर्च विद्यालयलाई प्रदान गरेका हुन् । विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा वैवाहिक कार्यक्रम गरेर उक्त सहयोग गरेका हुन् ।
छोराबुहारीको इच्छानुसार विवाहमा लाग्ने सबै फजुल खर्च कटाएर सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुबा फत्तेसिंह नेपालीले बताए । उनका अनुसार विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा केही भड्किलोपन बढेको उल्लेख गर्दै त्यसलाई निरुत्साहन गरी नयाँ संस्कारको थालनी गरिएको बताए ।
वैवाहिक कार्यक्रमकै दिन सरस्वती मावि सल्लेलाई एक लाख ५१ हजार तथा ५० हजार रुपैयाँ बराबरको कापीकलम, डायरी र ५० हजार रुपैयाँ बराबरको जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको छ । त्यस्तै जलजला मावि थवाङ रोल्पालाई समेत एक लाख र अभिभावकविहीन, दलित तथा विपन्न तीन बालबालिकालाई जनही ५० हजारका दरले एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको उनले जानकारी दिए ।
प्रगतिशील वैवाहिक कार्यक्रममा नरेन्द्रको शिक्षादीक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षकलाई समेत सम्मान गरिएको थियो ।