6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

कौशिल्या अस्पताल प्रालीको तेस्रो वार्षिक उत्सव सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५  

 

कोहलपुर २९ माघ/बाँकेको कोहलपुरमा रहेको कौशिल्या अस्पताल प्रालीको तेस्रो वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले वार्षिक उत्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले कोहलपुरमा रहेको कौशल्या अस्पताल प्रालीले उपचार सेवा संग संगै सामाजिक सेवामा पु¥याएको प्रशंसा गरे । साथै उनले आगामी दिनहरुमा थप प्रभावकारी उपचार सेवा दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै ५ नं प्रदेश सांसद कृष्णा के.सी नमुनाले निजी क्षेत्रबाट संचालित अस्पतालले विरामीहरुको सेवामा निकै योगदान पु¥याएको बताइन । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले अस्पताले पु¥याएको योगदान प्रशंसा योग्य रहेको बताए । साथै उनले अस्पताल संग आवश्यक पर्ने सहकार्य गर्न तयार रहेको बताए ।

त्यस्तै बागेश्वरी बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले कौशल्या अस्पतालले विकट क्षेत्रबाट आउने विरामीहरुको सेवा गरेको बताउदै आगामी दिनमा समेत राम्रो सेवा दिनुपर्ने बताए । अस्पतालका प्रबन्ध निर्देशक राम न्यौपानेले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालले २८ जना युवा युवतीलाई रोजगार प्रदान गरेको बताउदै विपन्न,असाहय, एकल महिला ,अनाथ बालबालिका,रिक्सा मजदुर ६० वर्ष पुरा भएका जेष्ठनागरिकहरुलाई लगायतलाई १० प्रतिशत छुटमा उपचारसेवा दिएको बताए । साथै उनले आगामी दिनहरुमा अस्पतालले उपचार सेवालाई थप प्रभाकारी बनाउने लक्ष्य लिएको बताए ।

वार्षिक उत्सवको अवसरमा अस्पताला भर्ना भएका करिब २५ जना विरामीहरुलाई फलफुल समेत वितरण गरेका थिए । अस्पतालको वार्षिक उत्सवको अवसरमा डां प्रज्ञा घिमिरेलाई सम्मापत्र सहित सम्मान गरिएको छ । त्यस्तै अस्पतालका कर्मचारी रत्न बहादुर खत्री,टिका खत्री दिव्य बहुउद्देश्यीय सहकारी संस्था ,महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्था तक्षशिला एकेडेमीमा रहेको जुनियर रेडक्रस सर्कल लाई सम्मान गरिएको छ । अस्पतालका संरक्षक लोकराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम सविधान सभा सदस्य अन्जाना चौधरी, कोहलपुर उद्योग वाणिज्य संघ अध्यक्ष चक्र बहादुर अधिकारी कोहलपुर महिला संजालकी अध्यक्ष मिना सिक्देल, जिल्ला जनस्वास्थ्य कार्यलय बाँकेका प्रमुख प्रेम के.सी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५     6:05:18 PM  |