नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की केन्द्रिय सदस्य तथा नेतृ गोमा देवी शाहीको शनिबार हिन्दु संस्कार दाहसंस्कार गरिएको छ ।
शाहीको गत बुधबार सडक दुर्घटनामा परी नेतृ शाहीको निधन भएको थियो । दाहसंस्कार अघि कोहलपुरमा शवयात्रा समेत निकालिएको थियो । शाहीको शवलाई कोहलपुर नगरक्षेत्र परिक्रमा गराइनुका साथै उक्त सवयात्रामा सयौं स्थानीयहरु सहभागिता रहेको थियो ।
कोहलपुर स्थित विद्युतरोड नजिकै आफ्नो घरतर्फ क्रममा शाही दम्पतीलाई भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले ठक्कर दिएको थियो । भ्यानको ठक्करले गम्भीर घाइते भएकी शाहीको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक उनका पति अन्जिर शाही गम्भीर घाइते भएका थिए ।
प्रकाशित मिति : २०७५ मंसिर २ गते आइतबार









प्रतिक्रिया दिनुहोस्