कोहलपुर/ नेपाल मजदुर किसान पार्टीकी केन्द्रिय सदस्य तथा महिला नेतृ गोमा देवी शाहीको सडक दुर्घटनामा परी ज्यान गएको छ । बाँकेको कोहलपुर नगरपालिका–११ विद्युतरोड नजिकै म्याजिक भ्यानले बुधबार साँझ ठक्कर दिँदा शाहीको ज्यान गएको हो ।
कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले सडक पार गर्दै गरेको भे २ प ३०२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएकी शाहीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुका प्रमुख (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।
मोटरसाइकल चालक कोहलपुर–११ ड्राइभरटोल बस्ने ५६ वर्षीय अन्जीर शाहीको घाइते भएका छन् । घाइते अन्जीरकोे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महिला नेतृ शाही विभिन्न संघ–संस्थामा आवद्ध हुनका साथै समाजसेवी समेत हुन् । ठक्कर दिने गाडी र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्