कोहलपुर/ सामुदायिक रेडियो कोहलपुर एफ.एम १०१.२ मेगाहर्जले शुभदिपावली छठ पर्व तथा नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रमबारे प्रकाश पार्दै रेडियोका प्रबन्ध निर्देशक तेज प्रसाद अधिकारीले रेडियोको विगत र वर्तमान अवस्थाबारे चर्चा गर्दै रेडियोको विषयमा अनाहकमा नराम्रा हल्लाहरु फैलिएकोप्रति ध्यानाकर्षण गराउँदै रेडियो आधिकारिक रुपमा जिल्ला प्रशासन कार्यालय तथा सूचना तथा संचार मन्त्रालयमा नविकरण भइसकेको जानकारी गराए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुरको विकासमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेको भन्दै रेडियो जनताको आवाज बन्नुपर्नेमा जोड दिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, कोहलपुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापा, वडा न.१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का, नेकपा नेता अशोक कोईराला, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा, बागेश्वरी बहुमुखी क्यामपस कोहलपुरका क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, एफ.एम.का स्टेशन म्यानेजर विष्णु बेल्बासे, सह स्टेशन म्यानजर कुशल विश्वकर्मा समाजसेवी बुद्धिजीवी पत्रकार लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्