सकारात्मक कार्यशाला गोष्ठी आज कोहलपुरमा हुँदै



कोहलपुर/  बाँकेको कोहलपुरमा आज (सोमबार) एक दिने सकारात्मक सोच सम्बन्धी कार्यशाला हुँदैछ ।

नील सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक केन्द्र कोहलपुरको आयोजनामा हुन लागेको सो कार्यशालामा प्रशिक्षण दिन डा. योगी विकाशानन्दको कोहलपुर आउँने भएका छन् ।

उक्त कार्यशाला नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दिउँसो २ बजेबाट शुरु हुने मनोक्रान्ती योद्धा तथा नीलसागर कोहलपुरकी संयोजक अञ्जु न्यौपानेले बताइन् ।

कार्यक्रम विशेष गरी पछिल्लो समयमा युवाहरुमा बढ्दै गएको मानसिक तनाव, नकारात्मक सोच र भावनाको विकास हुँदा बढ्ने सामाजिक समस्या समाधानमा मद्दत पु¥याउन उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको मनोक्रान्ती योद्वा न्यौपानेले जानकारी दिइन् ।

कार्यक्रमबाट आत्मज्ञान र सकारात्मक मनस्थिति निर्माण गरी समाजसेवाप्रति लाग्न मानिसहरुलाई प्रेरित सफल हुने उनको भनाइ छ । उनले व्यक्तिका हरेक प्रकारका तनाव र समस्याको समाधान ध्यान, योग र साधनाबाट दुर गर्न सकिने हुँदा हरेक नगरवासीलाई कार्यशालामा उपस्थित हुन आग्रह गरेकी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १९ गते सोमबार