खजुरा, (बाँके)/ दिगो विकास तथा सामुदायिक शान्ति र सद्भावका लागि बाँकेको खजुरामा बालविवाह न्युनिकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।

शान्ति परिषद् बाँके, युवा शान्ति सञ्जालको आयोजना तथा फेल्म नेपाल, संस्थागत विकास सञ्जाल ललितपुरको सहयोग तथा जनाजागरण समाज खजुराको संयोजनमा खजुरा गाउँपालिकाको रनियापुर र सोनपुरमा बुधबार सडक नाटक प्रदर्शन गरिएको हो ।
सडक नाटकमा स्थानीय विद्यालय नेरा मावि मनकामनापुरका विद्यार्थी कलाकारहरुले अभिनय गरेका थिए । मधेशी तथा मुस्लिम समुदायको बाहुल्यता भएको क्षेत्रमा अझै पनि बालविवाह गर्ने चलन यथावत रहेकोले चेतना जगाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको जनजागरण समाजका प्रमुख व्यवस्थापक राम बहादुर पुनले जानकारी दिए ।
उक्त सडक नाटक खजुरा र जानकी गाउँपालिकाको ६ स्थानमा तीन दिनसम्म प्रदर्शन गरिने शान्ति परिषद्का सदस्य विद्यादेवी विश्वकर्माले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्