8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

लागुऔषधसहित तीन जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १२, २०७५  

दाङ/  लागुऔषधसहित दाङमा तीन जना पक्राउ परेका छन् ।

खैरो हेरोईन र गाँजासहित उनीहरुलाई आइतबारर राती १ बजे गढवाबाट पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानी निवासी ३९ बर्षीय नरबहादुर नेपाली, बैजनाथ–१ गाभर निवासी ३२ बर्षीय भीमवहादुर रोकाय र बैजनाथ २ मकैवारी निवासी २५ वर्षीय छवि गुरुङलाई दुई ग्राम खैरो हेरोईन र १६ ग्राम गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताए ।

पोखराबाट कोहोलपुर आउँदै गरेको से १ च ११९० नम्बरको बोलेरो जीपमा लुकाई राखेको अवस्थामा गढवा गाउँपालिका वडा नं. १ जुरौनी धानखोलाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

चालक सिटको अगाडी लुकाई राखेको अवस्थामा हेरोइन र गाँजा बरामद गरिएको हो ।

प्रकाशित मितिः सोमवार, कार्तिक १२, २०७५     7:00:12 PM  |