21 June 2021  |   सोमवार, असार ७, २०७८

प्रविधिमैत्री नगरपालिका बनाउन अभिमुखीकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५  

रावन बिश्वकर्मा : बाँसगढी/   बाँसगढी नगरपालिकाको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन अभिमुखीकरण तालिम सुरु गरिएको छ । बाँसगढी नगरपालिकाका सबै वडामा सामाजिक सुरक्षा भत्तासँगै व्यक्तिगत घटना दर्ता लगायतका कामहरु ईन्टरनेटको माध्यमबाट नागरिकहरुलाई सेवा प्रदान गर्न सहज सरल र छिटो होस् भन्ने उद्देश्यले वडा अध्यक्ष, सचिव र सहायक कर्मचारीहरुलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सुरु गरिएको छ ।

कम्प्युटर र ईन्टरनेट प्रविधिको विकास भइरहेको अवस्थामा कम्प्युटर र ईन्टरनेटको सदुपयोग गरी सामाजिक सुरक्षा भत्तालाई सरल र व्यवस्थित रुपमा वितरण गर्न र व्यक्तिगत घटना दर्ता जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाईसराई लगायतका कामलाई प्रविधिको प्रयोग सहित सजिलो, छिटो छरिटो तरिकाले दिन सक्ने बनाउने बनाइने बाँसगढी नगरपालिका सूचना प्रविधि शाखाका कम्प्युटर अपरेटर क्षितिज पौडेलले बताए ।

दुई दिनसम्म सञ्चालन हुने अभिमुखीकरणमा समाजिक सुरक्षा तथा व्यक्तिगत घटना ईन्टरनेट र कम्प्युटरबाट भर्ने तरिका र सेवा प्रवाह गर्ने तरिकाको बारेमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा सहभागीहरुलाई सिकाइँदै छ ।

बाँसगढी नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष तुल प्रसाद गौतमको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मराज खत्री, बाँसगढी नगरपालिकाका स्वास्थ्य संयोजक सुरेश कुमार रेग्मी, ९ वटै वडाका अध्यक्ष, सचिव र सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बाँसगढी नगारपालिकाको आयोजनामा भएको आधारभुत तालिमको सञ्चालन शेर बहादुर केसीले गरेका थिए । तालिममा सूचना प्रविधी शाखाका कम्प्युटर अपरेटर क्षितिज पौडेलले सहजीकरण गरिरहेका छन् ।

प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५     8:05:01 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *