20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मुख्यमन्त्रीद्वारा सभाकक्षको शिलान्यास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५  

दाङ/  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्येक गाउँपालिकामा यस वर्ष सभाहल बनाउन र बहुउद्देश्यीय खेल मैदान बनाउनका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने बताउनुभएको छ ।

पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेमा सभाकक्षको एक समारोहबीच आज शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेललेसभाहल र बहुउद्देश्यीय खेल मैदानका लागि आवश्यक पर्ने जमीन भने गाउँपालिकाले नै व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले निकट भविष्यमा बबई गाउँपालिकालाई नगरपालिका बनाउन सकिने बताउँदै सोही बमोजिम संरचना निर्माण र जग्गा व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

बबई गाउँपालिका दाङको विकट ठाउँका रूपमा परिचित भए पनि पछिल्लो समय विकासले गति लिएको बताउँदै मुख्यमन्त्री पोखरेलले खेतीपातीका लागि जमीन भाडामा लिनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५     8:05:20 AM  |