मुख्यमन्त्रीद्वारा सभाकक्षको शिलान्यास



दाङ/  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्येक गाउँपालिकामा यस वर्ष सभाहल बनाउन र बहुउद्देश्यीय खेल मैदान बनाउनका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने बताउनुभएको छ ।

पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेमा सभाकक्षको एक समारोहबीच आज शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेललेसभाहल र बहुउद्देश्यीय खेल मैदानका लागि आवश्यक पर्ने जमीन भने गाउँपालिकाले नै व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले निकट भविष्यमा बबई गाउँपालिकालाई नगरपालिका बनाउन सकिने बताउँदै सोही बमोजिम संरचना निर्माण र जग्गा व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।

बबई गाउँपालिका दाङको विकट ठाउँका रूपमा परिचित भए पनि पछिल्लो समय विकासले गति लिएको बताउँदै मुख्यमन्त्री पोखरेलले खेतीपातीका लागि जमीन भाडामा लिनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ६ गते मंगलबार