कोहलपुर/ कोहलपुर नगरपालिकाकि उपमेयर सन्जु थारु बाताबरण सम्बन्धित कार्यशालामा भाग लिनको लागि फिलिपिन्स प्रस्थान गरेकि छिन् ।
एशियन इन्सिच्युट अफ टेक्नोलोजी फिलिपिन्सको फेलोसिप कार्यक्रममा भाग लिन जाने जनप्रतिनिधि मध्ये उपमेयर सन्जु मात्र हुन फिलिपिन्स गएकी हुन ।
यसो त सो कार्याक्रममा सार्कका विभिन्न देशबाट प्रतिनिधत्व रहने बताईको छ । अक्टोबर २१ देखि २६ सम्म हुने तालिममा उपमेयर सन्जु थारु लगायत अन्य गैर सरकारी सस्थाका पदाधिकारीहरु समेत रहेका छन् ।
स्याफ्टि ट्यांकिमा जम्ने लेदोजन्य फोहर पढ़ार्थलाई कसरी ब्यबस्थापन गर्ने बिषयमा गहन छलफल हुने साथै नगरको सरसफाईको बारेमा पनि छलफल हुने बताईएको छ ।
उपमेयर सञ्जु शुक्रबार साँझ सो कार्यक्रममा भाग लिनको लागि फिलिपिन्सको मलिना प्रस्थान गरेकी छन् ।
प्रकाशित मिति : २०७५ कात्तिक ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्