1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ७, २०७५  

दाङ/  दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन सुरु गरेको छ ।

व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गरेर शैक्षिक प्रमाणपत्र धितो राखि कर्जा दिन सुरु गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए ।

अध्यक्ष शर्माका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर एसइइ पास गरेकालाई २५ हजार, प्लस टु गरेकालाई एक लाख ५० हजार, स्नातक गरेकालाई तीन लाख र स्नातकोत्तर पास गरेकालाई ५ लाख रुपैयाँ कर्जा सहकारीले दिन सुरु गरेको छ ।

यसरी कर्जा लिनेहरुले कर्जा लिने बेला प्रतिवद्धता अनुसारको व्यवसाय गर्नै पर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

सहकारी क्षेत्रमा केही नमुना योग्य काम गर्ने सोच रहेको भन्दै संस्थाले अहिले नयाँमा पेन्सन बचत, उपदान बचत, सञ्चय कोष बचत, दोब्बर बाल बचत र सगुन विशेष बचत पनि सुरु गरेको जनाएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज ७, २०७५     7:41:46 AM  |