20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जिल्ला सम्मेलनको तयारी तिव्र पारिँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५  

कोहलपुर/  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतुत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले जिल्ला सम्मेलनको तयारीलाई तिव्र पारेको छ ।

यही असोज १७ र १८गते हुन लागेको २४ औ जिल्ला सम्मेलनलाई लक्षित गर्दै विभिन्न कमिटीहरु गठन गर्दै सम्मेलनको तयारी तिव्र पारिएको जिल्ला सचिव डि.बी.शाहीले जानकारी दिए । तयारीकै क्रममा बाँकेको एरिया नम्बर १ अन्तर्गत राप्तीसोनारी गाउँपालिका स्तरिय प्रथम सम्मेलन सम्पन्न गरेको गरिएको छ ।

सम्मेलनबाट पुस्कर विष्टको अध्यक्षतामा १९ सदस्य गाउँपालिका स्तरिय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा विपना घर्ति मगर, सचिव मोहनलाल मिश्र, सह–सचिव प्रेमकला गोसाई र कोषाध्यक्षमा सुमित्रा गोडिया लगायत १९ जना को गाउँपालिका स्तरिय कमिटी गठन गरिएको हो ।

सम्मेलनलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्दले नेपालमा दलाल संसदिय राज्य व्यवस्थाद्वारा निर्देशित र नियन्त्रित शिक्षा प्रणाली रहेसम्म आम विद्यार्थीहरुका समस्या समाधान नहुने बताए ।

राज्यले संविधानमै माध्यामिक तह (कक्षा १२) सम्म निःशुल्क भनेर संविधानमै व्यावस्था गरिए पनि यसको कार्यानयन गर्नुको साटो आफैले यसको ठाडो उल्लङघन गरी शिक्षालाई व्यापार व्यापारको रुपमा आफैले प्रोत्साहन गरेको बताए ।

उक्त सम्मेलमा जिल्ला उपाध्यक्ष प्रकाश ओली, अखिल (क्रान्तिकारी) जिल्ला कमिटी सदस्य तथा कोहलपुर नगर अध्यक्ष सुलिल बटालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५     8:10:38 AM  |