19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कार्यशाला गोष्ठी सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुरमा बालबालिका बेचविखन विरुद्ध एक दिवसिय कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भएको छ ।

बालबालिका बेचविखन विरुद्धको परियोजना अन्र्तगत सामुदायिक विद्यालयका शिक्षकहरुलागि मानव तथा बालबालिका बेचविखन विरुद्ध कार्यशाला सम्पन्न भएको छ ।

प्लान नेपालको सहयोग तथा साथी संस्थाको आयोजनामा संचालन गरिएको कार्यक्रममा विद्यालयका वातावरण विषयका शिक्षक तथा प्रधानाध्यापकहरुको तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा साथी संस्थाका प्रतिनिधि शंकर न्यौपानेले सहजीकरण गरेका थिए । विभिन्न गाउँपालिका र नगरपालिका संग समन्यवय गरेर परियोजना अन्र्तगत बैजनाथ गाउँपालिकाका ४१ वटा र कोहलपुर नगरपालिका ८ वटा विद्यालयहरुमा कार्यक्रमहरु संचालन गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५     7:27:52 AM  |