कोहलपुर/ बाँकेको कोहलपुर नगर विकास समितिको भवन रंग रोगन र सजावटले चिटिकै पारिएको छ । नगरविकास समितिको अध्यक्षमा अवराज खड्का आईसकेपछि कार्यालय व्यवस्थापनलाई समेत ध्यान दिएर काम गरिएको बताइएको छ ।
भवन सजावटअनुसार अहिले रंगरोगन गरिएको छ भने प्रत्येक कक्षहरुमा कार्पेट तथा नयाँ सोफा सटेहरुले सजाइएको छ । त्यस्तै भ¥याङमा र रेलिङमा समेत रगंरोन गरिएको छ । सभाहललाई समेत विभिन्न सामाग्रीहरुले सजाइएको छ भने पछिल्लो समयमा सिसि क्यामरा समेत जडान गरिएको छ ।
नगर विकास समितिमा पछिल्लो समयमा नगरविकास समितिमा कर्मचारीहरुका लागि विद्युतिय हाजीरीको समेत व्यवस्था मिलाइएको छ । सिसि क्यामेरा जडानपछि कार्यालयको काम कारवाही तथा रेखदेखमा समेत सहज भएको अध्यक्ष खड्काको भनाइ छ ।
नयाँँ सजावटका साथ सजाइएको नगर विका समितिको भवनमा विभिन्न शाखाहरुको डेकुरेशन समेत परिवर्तन गरी आर्कषक पारिएको छ । त्यस्तै गरी नगरविकास समितिको अगाडिको सडक कालोपत्रेसँगै नगर विकास समितिको ढोकैसम्म कालोपत्रे गर्ने तयारी भइरहेको अध्यक्ष खड्काले बताए ।
त्यस्तै नगर विकास समितिले सेवाग्राहीलाई दिने सेवा समेत समेत चुस्तदुरुस्त पारिएको समेत अध्यक्ष खड्काको भनाइ रहेको छ । नगरविकास समितिको कार्यालयमा जाने सेवाग्राहीले समेत नयाँपनको अनुभुति गर्ने गरि समितिको भवनमा नयाँ व्यवस्थापन गरिइएको छ ।
भवन मात्र नभएर नगर विकास समितिको भवनको परिसरलाई समेत सजाउन विभिन्न जातका करिब ५० वटा विरुवाहरु वृक्षारोपण गरेको छ । भवन सजावट लयागतका शिर्षकका लागि समितिले आर्थिक वर्ष २०७५÷०७६ मा करिब १० लाख रुपैयाँ समेत विनियोजन गरेको छ । हाल नगर किास समितिमा १२ जना कमचारीहरु कार्यरत छन् ।