16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

विद्युत अनियमितता हटाउन माग गर्दै वाणिज्य संघद्वारा ध्यानाकर्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५  

दाङ/  तुलसीपुर उद्योग वाणिज्य संघले दैनिक भइरहेको विद्युत अनियमिततालाई हटाउन माग गरेको छ । मंगलबार नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरलाई ध्यानाकर्षण समेत गराएको हो ।

विद्युत वितरण केन्द्र तुलसीपुरका प्रमुख चौधरीलाई तत्काल लो भोल्टेज र छिनमै विद्युत जाने समस्याका कारण साना तथा ठुला उद्योगहरु सबैभन्दा मारमा परेको भन्दै यो समस्या तत्काल हल गर्न अनुरोध गरे ।

उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा संघका अध्यक्ष बिरबहादुर रावतले विद्युत अनियमित हुँदा उद्योगहरुमा समस्या थपिएको बताए । उनले कम्पनीहरुमा कच्चापदार्थ तयारी अवस्थामा रहने तर विद्युत पटकपटक काटिने समस्याका कारण अधिकाश साना तथा ठुला उद्योगहरुले घाटा व्यहोर्नु परेको बताएका थिए ।

‘यसक्षेत्रमा यस्तो समस्य वर्षौ देखि छ ।’ उनले भने ‘हामिले पटकपटक ध्यानाकर्षण गराएका छौ यस्तै समस्या दोहोरिए विद्युत प्राधिकरणले व्यवसायी र उद्योगहरुलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्छ ।’

त्यस अवसरमा विद्युत प्राधिकरण बितरण केन्द्रका प्रमुख चौधरीले आफु तुलसीपुर सरुवा भएर आएपछि धेरै सुधारका कामहरु गरेको बताए । उनले सेवाग्राहीलाई कसरी छिटोभन्दा छिटो सेवा प्रदान गर्ने भन्नेमा लागिपरेको समेत बताए ।आफु आएलगत्तै दुईवटा काउण्टरबाट बढाएर तिनवटा पुर्याएको र सेवाग्राहीलाई बस्ने स्थानको व्यवस्थापन समेत गरेको उनले बताए । आन्तरिक सुरक्षालाई थप्न मजवुत पार्न सिसि क्यमराको व्यवस्थापन समेत गरेको उनको भनाई छ ।

उनले विद्युतको सुधारका लागि आफुले क्षमता वृद्धि गन केन्द्र र स्थानीय स्तरमा भूमिका खेलिरहेको बताए । कार्यालय प्रमुख चौधरीले अबको ६ महिना भित्रै यसक्षेत्रका आम जनताले महसुस गर्ने गरि बिद्युतको सेवा स्तरबृद्धि गर्ने काम भैरहेको समेत ठोकुवा गरे ।

उनले पश्चिममा धेरै विावदपछि लाईन बिस्तारको काम अन्तिम चरणमा पुगेको भन्दै बजारक्षेत्रमा केही समस्या पैदा भएको हँुदा सहजकर्ताको रुपमा तुलसीपुर उद्योग वाणिज्य संघलाई अनुरोध गरेका थिए ।

उनले बजारमा जिर्ण अबस्थामा रहेका पोल र तारहरुको ब्यबस्थापनका लागि टेण्डरमा गैसकेको भन्दै अब नया लाईनहरु अण्डरग्राउड सिस्टमबाट बिस्तार गर्ने बताए ।

चौधरीले टेलिफोन रिसिभ र नोलाईटमा दरबन्दी अनुसारको कर्मचारीहरु अभाब रहेको भन्दै केहिदिनमा सबै स्थानहरुमा सुधार आउने विश्वास व्यक्त गरे । (तुलसीपुर अनलाइन)

प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५     7:32:34 AM  |