बाल विकास शिक्षक संघर्ष समितीले बुझायो ९ बुँदे माग पत्र



बर्दिया/  नेपाल बाल विकास शिक्षक संघर्ष समिती बर्दियाले नौँ बँदे माग पत्र बुझाएको छ । सरकारलाई पटक पटक आफ्ना मागहरु राख्दा पनि कुनै सुनुवाई नभएको भन्दै केन्द्रिय कार्यक्रम अनुसार सोमबार बाँसगढी नगरपालिकामा धर्ना दिँदै माग पत्र बुझाएको हो ।

सर्घष समितिका केन्द्रिय सदस्य तथा नेपाल बाल विकास शिक्षक सञ्जाल बर्दियाकी सचिव हिरा विश्वकर्माको अगुवाईमा बाँसगढी नगरपलिकाका प्रशासकिय प्रमुख अमरराज खत्रीलाई माग पत्र बुझाइएको हो ।

माग पत्रमा संघ प्रदेश र स्थानिय सरकारले बनाउने नयाँ शिक्षा ऐनमा बाल विकास केन्द्रलाई शिक्षा नियमावलीको आठौँ र नवौँ संशोधनबाट आधारभूत तहको संरचनामा समावेश गरि दरबन्दी कायम गरिनु पर्ने, प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुलाई सामान्य प्रक्रियाबाट दरबन्दीमा समायोजन गरिनु पर्ने, सेवा, शर्त र सुविधा आधारभुत तह सरह कायम हुनु पर्ने, कार्य अवधि गणना गरि उमेर हद लगाउन नहुने, बालमैत्री कक्षाको व्यवस्थापन हुनु पर्ने, बाल विकास शिक्षकहरुलाई प्रयाप्त मात्रामा तालिमको व्यवस्था मन्टेश्वरी विधिबाट हुनु पर्ने लगायतका माग उल्लेख छन् ।

माग पत्र बुझ्दै प्रशासकिय प्रमुख अमरराज खत्रिले यस विषममा आफुहरु पनि चिन्तीत रहेको बताएका थिए । कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघ बाँसगढी प्रतिनिधी र बाल विकास शिक्षकहरुको उपस्थिति रहेको थियो । माग सुनुवाई नभए भदौ २२ गते सघर्ष समितिले केन्द्रिय स्तरमा थप आन्दोलको घोषणा गर्ने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १२ गते मंगलबार