कोहलपुर/ बाँकेको कोुहलपुर नगरपालिका–११ स्थित भेरी मालिका बहुप्राविधिक शिक्षालय प्रतिष्ठान प्रालीले मंगलबार स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
प्रालीले शैक्षिक सत्र २०७४/२०७५ का उद्यम विकास सहजकर्ता कोर्ष सम्पन्न गरेका विद्याथीहरुलाई विदाई गरेको छ भने आगामी आर्थिक वर्ष २०७५/२०७६ का उद्यम विकास सहजकर्ता कोर्ष अध्ययन गर्न आएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ ।
कार्यक्रममा बोल्दै भेरी मालिका बहुप्राविधिक शिक्षालय प्रतिष्ठान प्रालीका प्रबन्धक दिनेशराज न्यौपानेले विद्यार्थीहरु गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गर्न आपफूहरु प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा बिदाई हुने विद्यार्थीहरु तथा नवआगन्तुक विद्यार्थीहरुलाई आबिरावरण गरिएको थियो ।
कार्यक्रमा प्रालीमा उद्यम विकास सहजकर्ता कोर्ष अध्ययापन गराउँदै आएका प्रशिक्षक तथा उद्यम विकास सहजकर्ता केन्द्रीय सदस्य विरेन्द्र सुवेदी, कर्ण विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो ।