मोटरसाईकलको ठक्करबाट पैदलयात्री घाइते



कोहलपुर/  बाँकेको कोहलपुरमा मोटरसाईकलले ठक्कर दिँदा आइतबार एक जना गम्भिर घाइते भएका छन् ।

कोहलपुर नगरपालिकास्थित हवल्दारपुरमा भे ४ प ५५५३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्री हरि बहादुर डाँगी गम्भीर घाईते बताएका हुन दुर्घटनामा मोटरसाईकल चालक समेत घाईते भएका छन ।

कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको मोटरसाईकलले कोहलपुर नगरपालिका १४ चित्रनगरका ७५ वर्षिय डाँगीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएलगत्तै डाँगीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको र मोटरसाईकल चालकको समेत उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ४ गते सोमबार