शिव महापुराण तथा धार्मिक मेला सम्पन्न



कोहलपुर/  बाँकेको बैजनाथ गाउँपालिका—१ चिसापानीमा सञ्चालित शिव महापुराण तथा धार्मिक मेला शनिबार सम्पन्न भएको छ ।

मानखोला शिव मन्दिर क्षेत्र विकास गर्ने उद्देश्यले सञ्चालन गरेको मेलामा करिब १८ लाख १८ हजार ६ सय ४२ रुपिया संकलन भएको मेला सचिवालय समितिले जनाएको छ ।

मेलाको समापनको बन्द सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व सिंचाई राज्यमन्त्री दल बहादुर सुनारले चिसापानी क्षेत्रलाई धार्मिक तथा पर्यटकिय क्षेत्र बनाउनकालागि आफूले जिउ ज्यान दिएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । साथै सो क्षेत्रको विकासका लागि आफूले प्रदेश तथा केन्द्रसम्ममा आवश्यक पहल गर्ने समेत बताए ।

मेलामा संकल्पकर्ता गोविन्द शरण महाराज जी, प्रमुख कथा वाचक ऋषीकेश पोखरेल, लगायतले कथा वाचन गरेका थिए । मेलाको समापन सत्रमा उत्कृष्ट दाताहरुलाई सम्मान गरिएको थियो । मेलामा संकलित रकमको ५० प्रतिशत रकम मन्दिरको विकासमा खर्च गरिने आयोजकले बताएको छ ।

लिल बहादुर राना क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि, सहकारीकर्मी सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ३ गते आइतबार