विज्ञान शिक्षकहरुका लागि कार्यशाला गोष्ठी



कोहलपुर/  नेशनल प्याव्सन बाँकेको आयोजनामा शनिबार कोहलपुरमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा नेशनल प्याव्सन बाँकेमा आवद्ध रहेका आधारभूत तथा माध्यामिक विद्यालयमा अध्यपन गराउने विज्ञान विषयका शिक्षकहरुलाई प्रशिक्षण दिइएको छ ।

कार्यक्रममा नेशनल प्याव्सन बाँकेमा आवद्ध ७० विद्यालयका १ सय २५ जना विज्ञान पढाउने शिक्षकहरुलाई विज्ञान विषयको पाठ्यक्रम, शिक्षण विधि, शिक्षण सिकाई क्रिायकलाप लगायतको विषयमा प्रशिक्षण दिइएको थियो । साथै विज्ञान विषयको पाठ्यक्रम सम्बन्धी प्रशिक्षक ज्ञानेन्द्र वम र विज्ञान विषयको शिक्षण विधि सम्बन्धी प्रशिक्षक सुजन ढकालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै नेशनल प्याव्सन केन्द्रीय सचिव तथा प्रदेश नं. ५ का सचिव कुशुम रानाभाटले विद्यार्थीहरुको रुचि, चाहाना र आवश्यकतालाई ध्यान दिएर शिक्षकहरुले पढाउनुपर्ने भन्दै शिक्षकहरुलाई विषय विज्ञ बनाउने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको उनले बताए ।

साथै शिक्षण विधि भन्दा पनि विद्यार्थी केन्द्रित विधिलाई जोड दिँदा सिकाई प्रभावकारी हुने भन्दै सिकाइका लागि विद्यार्थीहरुलाई उत्पे्ररित गराउँन शिक्षक अग्रसर हुनुपर्नेमा जोड दिए ।

नेशनल प्याव्सन बाँकेका अध्यक्ष कुँवेर बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेशनल प्याव्सनमा आवद्ध विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ३ गते आइतबार