दाङ/ मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक महिलाको ज्यान गएको छ ।
आईतबार मोटरसाईकल दुर्घटना हुँदा शान्तिनगर गाउँपालिका वडा नम्बर ५ की ३५ वर्षीया मोहनी चौधरीको ज्यान गएको हो । उनी ज्वाईले चलाएको रा २ प ५६७१ नम्बरको मोटरसाईकलको पछाडिको सिटमा बसेकी थिइन् ।
आइतबार करिव बिहान ११ बजेतिर मोटरसाईकल अनियन्त्रित भई नालामा खस्दा गम्भीर घाइते भएकी चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याउने क्रममा बाटोमै ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
मोटरसाईकल दंगीशरण गाउँपालिका वडा नम्बर ७ बोकटी भन्ने ठाउमा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
सवारी चालक उनका ज्वाईको अबस्था भने सामान्य रहेको डिएसपी सापकोटाले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ साउन २७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्