कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका–११ स्थित एन.टि.भी.रोडमा द ग्लोबल कम्युनिकशेन सेन्टर सञ्चालनमा आएको छ ।
पछिल्लो समयमा ग्राहकको माग अनुसारका सेवाहरु दिने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको सेन्टरका सञ्चालक हरि शंकर डाँगीले जानकारी दिए ।
विशेष गरी हवाई टिकट, रेल तथा बसको टिकट आवश्यक पर्ने समस्यालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएको बताईएको छ । सो सेन्टरमा फोटोकपी, लेमिनेशन, ईन्टरनेश सेवा प्रदान गरिने भएको छ ।
सेन्टरबाट खानेपानी तथा विद्युत महशुल समेत तिर्न सकिने बताईएको छ । केही समयपछि टुर एण्ड ट्राभल्सका रुपमा समेत सञ्चालन गरिने बताइएको छ ।

सेन्टर उद्घाटन कार्यक्रममा विभिन्न, उद्योगी, व्यापारी, शिक्षक, संचारकर्मी लगायत विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको
थियो ।
प्रकाशित मिति : २०७५ साउन २७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्