कोहलपुर/ कोहलपुर नगरपालिका–१० स्थित जीवन ज्योति स्कुललले शनिबार अन्तर्राष्ट्रिय युवा दिवसको मनाएको छ ।
दिवसको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले युवाहरुलाई सिप मुलक पेशा सिकाएर रोजगारमुखी बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक रोजी वर्नवालले स्वागत मन्तव्य राखेकी थिईन । कारितास नेपालको सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ८ दिपकजंग शाह, वडा नं १० का वडाध्यक्ष निम बहादुर चलाउने, वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय सञ्चालक समितिका सदस्य चण्डी प्रसाद गैरेले विद्यालयले कोहलपुर नगरपालिकाका वडा नं. ७, १० र ११ का बेरोजगार युवाहरु ३ महिने सिपमूलक तालिम दिइने बताए । सो अवसरमा थुप्रै युवा युवतीहरुले विविध सांस्कृति कार्यक्रम तथा नाटक समेत प्रस्तुुत गरेका थिए ।
जीवन ज्योति स्कुलका व्यवस्थापन समितिका अध्यक्ष के.बि.थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको कारितास नेपालका सहजकर्ता कल्याण तिमिल्सिनाले कार्यक्रमको सञ्चालन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्