कोहलपुर/ सरकारले राष्ट्रिय गौरवको आयोजनासिक्टा सिँचाइ आयोजनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।
दोषीमाथि कारवाही तथा पुनःनिर्माणका लागि आवश्यक सुझाव दिन समितिलाई निर्देशन दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा मन्त्रालयका दुई वरिष्ठ प्राविधिक कर्मचारी र सिँचाइ विभागका दुई अधिकारी रहनेछन् । समितिमा एक स्वतन्त्र विज्ञसमेत रहने व्यवस्था गरिएको छ । समितिलाई १५ दिनको समयसीमा दिइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनामा देखिएको समस्या समाधानका लागि पहल गर्न समिति गठन गरिएको जानकारी दिनुभयो ।
आयोजनाको परीक्षण गर्दा यही साउन ७ गते नहर भत्किएको थियो । नहरको पूरा भएको खण्डमा परीक्षण गर्न पानी छोड्दा नहर भत्किएको हो । यसअघि पनि २०७३ असार १४ गते परीक्षणका क्रममा सोही खण्ड भत्केको थियो ।