मकवानपुर/ हेटौंडाको ओम्याक्स चलचित्र हलमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हेटौंडा चउरमा रहेको हलमा आगलागी भएको हो ।
अहिले आगो निभाउने प्रयास भैरहेको छ । एउटा मात्रै दमकल भएकाले आगो निभाउन अरु जिल्लाबाट दमकल मगाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ साउन २३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्