१२ कक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी



काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बिहीबार सार्वजनकि गर्ने तयारी गरेको छ ।

यसअघि बोर्डले बुधबार नतिजा सार्वजनिक हुने बताएको थियो । तर प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकिएको र बिहीबार सार्वजनिक गर्ने तयारी भैरहेको बोर्डले जनाएको छ ।

परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् । यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गर्दै छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १७ गते बिहीबार