नेपालगन्ज/ प्रतिबन्धित लागुऔषध ‘नाईट्रोम्याट’ ट्याब्लेटसहित बाँके प्रहरीले मंगलबार दिउँसोे एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाह बाँके र केन्द्रीय लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले रुपैडिहाबाट ६ सय ३ प्रतिबन्धित नाईट्रोम्याट टे्याब्लेटसहित सुर्खेत बाबियाचौर गाउँपालिका–९ का १७ वर्षीय किरण बयकलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज तथा प्रहरी नायव निरीक्षक सुनिल शाहकाअनुसार सो लागू औषध दाङ्ग लैजानको लागि बयकले भारतको रुपैडिहाबाट ६ हजारमा खरिद गरी ल्याएका थिए ।
पक्राउ परेका बयक र सामानसहित आवश्यक अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ साउन १५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्